वास्तविक जिन्दगी छोपियो के गरूँ
मञ्चमा मूर्ख झैँ नाचियो के गरूँ
सब चिकित्सकहरू मात्तिए ऐसले
शैल्य गर्दा गला रेटियो के गरूँ
सार बुझ्ने यहाँ छैन साधन कुनै
आत्म जे भन्छ त्यो मानियो के गरूँ
दाउमा छन् सबै शून्यमा बस्छु म
बाध्यताभित्र तन बाँधियो के गरूँ
भूमि आकाशको प्रेम कस्तो घना
लाग्छ उस्तै तिमी हेरियो के गरूँ
बहरः मुतदारिक मुसम्मन सालिम
वि.सं.२०७८ जेठ ८ शनिवार ०७:५० मा प्रकाशित






























