सधैंभरि तिम्रै मात्र,
भजन गाएर हिड्ने,
भक्त हुन सक्दिन ।
तिमीलाई उच्च पुर्याएर,
हो कुरालाई गिजोलेर
हैन कुरा भन्न सक्ने,
गुलाम पनि बन्न सक्दिन।
अपराध छैन ।
बलत्कार हैन ।
भष्टाचार छैन ।
अदूरदर्शी हैन ।
अकरणात्मक वाक्यहरु प्रयोग गर्दै,
जालझेल प्रपञ्चको,
खेती गर्दै हिड्न सक्दिन।
त्यसैले त अब खाली पानाहरुमा,
तिम्रै निम्ति फेरि यौटा,
हस्ताक्षर भर्न सक्दिन।
तिम्रै विश्वासको आडमा,
आश्वासनका भरमा,
उनीहरुमा समृद्धताको,
स्वाङ्ग गरें पटकपटक।
अर्थ, व्यापार, राजनीतिका,
मीठा मीठा सपनाहरु देखाउँदै,
भावनाहरुसँग खेलबाड गरें।
निरीह आत्माहरुसँग,
हुनै नसक्ने कुराहरुलाई,
आशामा बदलिदिएँ।
समयसीमा पार भयो।
अवसरका पक्षमा ?
अनि त तिमी झुट सावित भयौ ।
मलाई पनि महाबदनामको
उपाधि दिलायौ
यतिका समय थियो।
तिमी यसै भुलायौ ।
तिमी उसै भुलायौ ।
यो अवस्थामा पुर्याउन तिमीलाई
पटक पटक उल्लु बनायौ ।
बादल बनायौ,
कुहिरो बनायौ,
अनि हुस्सु बनायौ ।
हुन्छ शब्दहरु,
कतै विकासका नाममा,
कतै समृद्धताका नाममा,
कतै पहिचानका नाममा,
कतै संशोधनका नाममा,
झुटा अड्कलबाजीहरुमात्र,
गरिरहें सयौंपटक।
अपार जनमत,
अपार माया,
अपार सहानुभूति,
अनि अपार विश्वास,
म तोडिदैं गएँ।
म भत्किदैं गएँ।
तर पनि झिनो आशामा,
म डटिरहें,खटिरहें।
तर तिमी त,
जालझेल षडयन्त्रको
बीउ छर्दै हिडिरह्यौ
त्यसैले त तिम्रा निम्ति,
अब कुनै कुर्बानी छैन।
संवेदनशीलताबाट आक्रान्त,
महामारीको जटिलता,
ती चीत्कार तिम्रा लागि,
अवसरमा परिणत गरायौ ।
आज प्राणवायुको अभावमा
उनीहरु छट्पटिरहँदा
शीतल छहारी खोजिरह्यौ ।
भावनाहरु छताछुल्ल,
पीडाहरु असरल्ल,
बाँच्ने आशाहरुको पुकारा
तिमी नै भन्थ्यौ नि
सार्वभौमसत्ता जनतामा निहित
जनता जिन्दावाद
साम,दाम,दण्ड,भेद
लायौ के का निम्ति?
महामारीका विरुद्धमा ?
कि ?
अवसरका पक्षमा ?
अनि त तिमी झुट सावित भयौ ।
मलाई पनि महाबदनामको
उपाधि दिलायौ
यतिका समय थियो।
तिमी यसै भुलायौ ।
तिमी उसै भुलायौ ।
यो अवस्थामा पुर्याउन तिमीलाई
पटक पटक उल्लु बनायौ ।
बादल बनायौ,
कुहिरो बनायौ,
अनि हुस्सु बनायौ ।
तिम्रा निम्ति भरोसा रित्तियो।
कार्यकर्ता थिएँ म तिम्रो।
तर अब तिम्रा निम्ति,
म मा कुनै विश्वास छैन।
किनकी
तिमीप्रति मेरो अब,
सुता विश्वास छैन ।
वि.सं.२०७८ जेठ ८ शनिवार ०८:४२ मा प्रकाशित






























