१२ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समर्पणका लागि चयन समिति गठन गरिएको छ । समितिकी संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको हो ।
साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका छन् । चयन समितिले ३१ मेसम्ममा साहित्य, कला, पत्रकारिता र समाज सेवामा सेवारत नौजना महिलाको नाम सिफारिस गर्नेछ ।
वि.सं.२०७८ जेठ १२ बुधवार १६:०२ मा प्रकाशित






























