back
CTIZAN AD

एनआरएनए युएईद्धारा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न वितरण

वि.सं.२०७८ जेठ १२ बुधवार

720 

shares

१२ जेठ, युएई । एनआरएनए युएईले युएईमा समस्यामाा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग कार्यलाई निरन्तरता दिएको छ । गत जेठ ७ मा अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न सहयोग गरे लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समुहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको छ ।

अलएनको एक निर्माण कम्पनीको मालिक फरार भएका कारण बिचल्लीमा परेका ५ नेपाली कामदार, आबुधाबीको मुसाफामा रहेका एक समस्याग्रस्त सेक्युरिटी कम्पनीका ६ जना गार्डहरु र दुबईको सोही सेक्युरिटी कम्पनीका २ जना र एकजना भिजिट भिसामा अबुधाबीको लाइफलाइन एरियामा रहेका नेपालीलाई सहयोग वितरण गरिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मिडिया टास्क फोर्स सदस्य रामप्रसाद ढुंगेलले बताएका छन् ।

आइसिसी मिडिया टास्क फोर्स सदस्य ढुंगेलको समेत उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा लाभान्वितहरुले एनआरएनए युएईसमक्ष नेपाल फर्कन समेत सहयोग गर्न आग्रह गरेका थिए ।

पीडित नेपाली कामदारहरुले एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएको र काम गरेको ५\६ महिनाको तलब समेत नपाएको समस्याहरु एनआरएनए युएईसमक्ष राखेका थिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरगत बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत जेठ १० र ११ गते राहत स्वरूप खाद्यान्न वितरण गरिएको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले जानकारी दिएका छन् ।

गत जेठ ७ गते अबुधाबीको मफरकमा समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा गर्दै नेपाली दूतावास अबुधाबी पुगेपछि एनआरएनए युएईले ८० जनालाई कम्तीमा १ महिनालाई खान पुग्ने चामल, दाल, तेललगायतका खाद्यान्न वितरण गरेको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले जानकारी दिएका थिए ।

दूतावासमार्फत सूचना आएलगत्तै एनआरएनए युएईको एक टोलीले जेठ ७ गते राती ११ बजे वितरण गरिएको एनआरएनए युएईका केन्द्रीय सदस्य सुमन पराजुलीले बताएका छन् ।

राहत पाएपछि पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दुःखमा साथ दिने रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन् ।

छोटो समयमा धेरै मात्रामा राहत व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपरेको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले बताएका छन् ।

युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छ

विस्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ । मजदुरमैत्री काममा अग्रसर एनआरएनए युएई नेपाली कामदारहरुको सुखदुःखको साथी बन्दै गएको छ ।

वि.सं.२०७८ जेठ १२ बुधवार १५:५५ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...