back
CTIZAN AD

मध्यप्रदेशको जंगलमा अलपत्र नेपालीको उद्धार गरी नेपाल पठाइयो

वि.सं.२०७८ जेठ १२ बुधवार

930 

shares

१२ जेठ, दिल्ली । नेपाली जनसम्पर्क समिति भारत र गैरआवासीय नेपाली संघ भारतको पहलमा नेपाल फर्कने क्रममा जंगलमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल पठाइएको छ ।

भारतको महाराष्ट्रबाट नेपाल जाने क्रममा दलालहरुले ७५ जना नेपालीहरुलाई गौरी फन्टासम्म पुर्याइदिने भनेर प्रतिव्यक्ति ४ हजार भाडा लिई महाराष्ट्र र मध्यप्रदेशको बोर्डर नजिक जङ्गलमा अलपत्र पारेका थिए ।

जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको नेतृत्वमा नेपाली दूतावास नयाँदिल्ली, मध्यप्रदेशको गृहमन्त्रालय, नेपाली जनसम्पर्क समिती मध्यभारतका अध्यक्ष लोक मनि घिमिरे ऋषिकेश घिमिरे, कमल श्रेष्ठ, सीता अधिकारी, नन्दनी न्यौपाने ,पुजा पाण्डे लागायतको टिमले गैरआवासीय नेपाली संघ भारतको विशेष सहयोगमा नेपालको गौरी फण्टा बोर्डरसम्म पिसिआर परीक्षण तथा आवस्यक मापदण्ड पालना गरी नेपाल पठाउन सफल भएको बताइएको छ ।

‘स–साना बच्चा बिमारी, जेष्ठ नागरिकले धेरै दुःख पाउनु भएको थियो सबैको सहयोग तथा ३ दिनको प्रयासमा उद्धार गरेर पठाउन सफल भयौं ।’ अध्यक्ष पाण्डेले संसारन्युजसँग भने ।

उनीहरुलाई जंगलमा अलपत्र पारेर भाग्ने दलालहरुलाई खोजी गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

त्यस्तै अन्य १३० जनालाई पनि यसरी नै बिचमा ५ दिनदेखि अलपत्र परेको जानकारी आएको बताउँदै पाण्डेले सहयोगका लागि जुटेको तर कारवाही हुन्छ भनेर दलालहरुले उनीहरु रहेको ठेगाना नदिएकोले गाह्रो परिरहेको बताए । उनले महामारीका बेला सबैकुरा नबुझी यात्रा नगर्न तथा दलालको चंगुलबाट बच्न समेत पाण्डेले अनुरोध गरेका छन् ।

 

वि.सं.२०७८ जेठ १२ बुधवार १६:३४ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...