back
CTIZAN AD

के हुन् ब्लाक फंगसका लक्षण ? यी हुन् यसबारे जान्नै पर्ने कुराहरु

वि.सं.२०७८ जेठ २० बिहीवार

972 

shares

पछिल्लो समय नेपालमा पनि ब्लाक फंगस (कालो ढुसी) (म्युकरमाइसकोसिस) को समस्या देखिन थालेको छ । केही समय देखि भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुमा देखिन थालेको यो कालो ढुसी नेपालमा केही मानिसमा देखिन थालेपछि सबैतिर चिन्ता र चासो बढ्न थालेको छ ।

के हो यो ब्लाक फंगस
कोरोना संक्रमण भएका बिरामीको आँखा, नाक र अनुहार विर्गाने कालो ढुसीको संक्रमण अहिले नेपालमा पनि केही मानिसमा देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमण विरलै मात्रामा देखिने भएपनि संक्रमण गम्भीर भएमा यो प्राणघातक पनि हुनसक्ने भएकाले समयमा नै ध्यान दिन जरुरी हुन्छ ।

यी हुन् लक्षणहरु
ब्लाक फंगस संक्रमण भएमा अनुहार, नाक, मुख र आँखा वरिपरी दुख्ने, ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने । आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने, नाकबाट रगत बग्ने वा कालो बाक्लो सिँगान आउने तथा दाँत दुःख्ने वा हल्लिने लगायत ।

ब्लाक फंगसका उच्च जोखिम भएकाहरु

कोभिड १९ का क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु, चिकित्सकको सल्लाह बिना एन्टिबाइटिक वा अन्य औषधिको जथाभावि प्रयोग गर्नेहरु, मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई ब्लाक फंगसको उच्च जोखिम हुने पनि मन्त्रालयले जनाएको छ ।

घरमा आइसोलेशनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु
सफा र सुख्खा मास्क प्रयोग गर्ने, नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, घरबाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजिबल पन्जाको प्रयोग गर्ने, धेरै धुलो भएको वा ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने, पोभिडिन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने तथा स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने रहेका छन् । यो ब्लाक फंगस कोरोना जस्तो एकबाट अर्कोमा नसर्ने पनि मन्त्रालयले जनाएको छ ।

ब्लाक फंगस (कालो ढुसी) को सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु

वि.सं.२०७८ जेठ २० बिहीवार १५:०३ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...