वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउछन् ।
डा. अनिलले चामल र मकै भन्दा गहुँ, गहुँ भन्दा जौं, दूध भन्दा दहि, फलफूलको जुश भन्दा सिंगो फलफूल, बोक्रा निकालेको फलफूल भन्दा ननिकालेको, सेतो चामल भन्दा उसिनेको चामल (ब्राउन राइस), मासुमा कुखुरा, कुखुरा भन्दा माछा, सिंगो अण्डा भन्दा सेतो भाग मात्रै, तारेको खाना भन्दा उमालेको वा उसुनेको खाना, नुन र चिल्लो हालेको फलफूल सलाद भन्दा नहालेको, बोक्रा हटाएको सागसब्जी भन्दा बोक्रा नहटाएको, बनस्पति घ्यु भन्दा घ्यु, घ्यु भन्दा खानेतेल स्वास्थ्यका लागि राम्रो हुने सल्लाह दिएका छन् ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १५:५९ मा प्रकाशित





























