२२ जेठ, ओमान । मोरङ–सुनसरी सेवा समाज ओमानको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चुनिएकी छन् ।
मोरङ्ग–सुनसरी सेवा समाज ओमानको प्रथम साधारणसभाले समाजको अध्यक्षमा पार्वती श्रेष्ठलाई निर्वाचित गरेको हो ।
त्यसैगरी समाजको उपाध्यक्षमा शिव कार्की, सचिवमा दीपक तिम्सीना, सहसचिवमा ऋषिराम दाहाल, कोषाध्यक्षमा तुलसा न्यौपाने, सहकोषाध्यक्षमा अस्मिता रोक्का र सदस्यहरुमा पदम सिवा, रामचन्द्र मेहता, ज्योति म्याङमो लिम्बु, सीमा भूजेल, मिना बर्देवा, शारदा पौडेल, रजनी श्रेष्ठ, शारदा पौडेल, मनु चौधरी, अस्मिता रोक्का, दशरथ ढुङ्गाना, कृष्ण धिमाल, टेकेन्द्र राई रहेका छन् ।
त्यसैगरी समाजको सल्लाहकारहरुमा लिलानाथ कोइराला, दिल रोक्का, जीवन कार्की, गीता थापा र भिम निरौला रहेका छन् ।
लिलानाथ कोइरालाको सभापतित्व, दिल रोक्काको संचालनमा भर्चुअल माध्यमबाट संचालन गरिएको उक्त साधारणसभा कार्यक्रममा नेपाली दूतावास ओमानकी राजदूत सर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी अतिथिहरुमा दुबई, कतार, नेपालबाट मोरङ्ग–सुनसरी सेवा समाजका अध्यक्ष तथा ओमानस्थित एनआरएन सोसल क्लब, राजनीतिक संगठन, जातीय तथा जिल्ला संगठनको प्रतिनिधित्व रहेको थियो ।
संस्था पुरानो भए पनि ओमानमा अहिले मात्रै संस्था स्थापन गर्न सफल भएको सल्लाहकार लिलानाथ कोइरालाले बताए ।
वि.सं.२०७८ जेठ २२ शनिवार १७:२८ मा प्रकाशित






























