२६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ४,३४४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२,०७४ पिसीआर र ४,५६८ ऐन्टिजेन नमुना परीक्षणमा ४,३४४ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौंमा ६७९ गरी उपत्यकामा आज ९१५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४३४४ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ५७६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,७६८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको यो दर ८५.२ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ८१ जनासँगै नेपालमा हालसम्म हालसम्म ज्यान गुमाउनेको संख्या ८,१७९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी हाल देशैभरी ८० हजार ३३६ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ५,८९८ जना र होम आइसोलेशनमा ७४,४३८ जना रहेका छन् । साथै देशका विभिन्न संस्थागत क्वारेन्टिनमा ६३४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार कूल सक्रिय संक्रमितमा ४८.८ प्रतिशत महिला र ६१.२ प्रतिशत पुरुषहरु रहेका छन् । यो संक्रमण २१ देखि ५० वर्षको उमेर समुहमा उच्च रहेको देखिन्छ । साथै ५१ देखि ६० सबैभन्दा बढी संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १३१२ जना र भेन्टिलेटरमा ३७५ जना उपचाररत छन् ।
यी जिल्लामा सबैभन्दा बढी संक्रमित
मन्त्रालयका अनुसार देशैभरी ४६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी संक्रमित रहेका जिल्लामा काठमाडौं, ललितपुर, मोरङ, भक्तपुर, रुपन्देही, झापा, कैलाली, कास्की, काभ्रेपलान्चोक र चितवन रहेका छन् ।
त्यस्तै पछिल्ला १४ दिनमा सबैभन्दा बढी सक्रिय संक्रमित बढेका जिल्लामा प्रदेश १ को पाँचथर, ओखलढुंगा, तेह्रथुम, प्रदेश २ को सिराहा, वागमती प्रदेशको सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासीपूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशको दार्चुला रहेका छन् । यसले गाउँ गाउँमा कोरोना फैलिएको पुष्टि हुने पनि मन्त्रालयले जनाएको छ ।
एकसातामा ४८ हजार बढी संक्रमणबाट मुक्त
यो सातामा ९० हजार ८२७ जनाको पिसीआर र ३४ हजार ५२७ ऐन्टिजेन परीक्षणमा ३५ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ४८ हजार ७३५ जना संक्रमणबाट मुक्त भएका छन् । यो साता संक्रमित हुने भन्दा संक्रबाट मुक्त हुनेको संख्या बढी रहेको छ ।
कर्णाली प्रदेशमा सबैभन्दा उच्च संक्रमण
मन्त्रालयका अनुसार पछिल्ला केही दिनयता कर्णाली प्रदेशमा संक्रमितहरुको दर उच्च रहेको छ । पछिल्लो २४ घण्टामा गरिएको ३५३ जनाको नमुना परीक्षणमा १५७ जनामा संक्रमण पष्टि भएको छ । यो तथ्यांकले कर्णालीमा ४४.५ प्रतिशत उच्च दरमा संक्रमण रहेको देखाएको छ । मन्त्रालयले कर्णाली प्रदेशका गाउँ गाउँमा संक्रमणका लक्षण देखिएका व्यक्तिहरु रहेको सूचना प्राप्त भएको जनाएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६१० जनाको नमुना परीक्षणमा २२९ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या ३७.५ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम दोस्रो उच्च संक्रमण रहेको प्रदेश बनेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा १ हजार २१ जनाको नमुना परीक्षणमा ३०२ जना संक्रमित भेटिएका छन् । संक्रमित हुनेको यो दर २९.६ प्रतिशत रहेको छ । यसलाई पनि उच्च संक्रमण मानिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट आज देशैभरी १०८ जनाको मृत्यु, ५१५३ जना संक्रमित
वि.सं.२०७८ जेठ २६ बुधवार १७:२७ मा प्रकाशित






























