back
CTIZAN AD

न्याकको अध्यक्षमा डा. मदन उप्रेती निर्वाचित

वि.सं.२०७८ जेठ २६ बुधवार

753 

shares

२६ जेठ, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को अध्यक्ष पदमा डा मदन उप्रेती निर्वाचित भएका छन् ।

विद्युतीय माध्यमबाट भएको निर्वाचनले उनको नेतृत्वमा सर्वसम्मतिबाट एघार सदस्यीय समिति समेत गठन गरेको हो ।

जुन ७ का दिन सर्वसम्मतिमा कार्यकारी समिति तथा बोर्ड अफ ट्रस्टी(गुठि समितिं)का उम्मेदवारहरु निर्बिरोध निर्वाचित हुन् सफल भएका छन् ।

कार्यकारी समितिमा निर्वाचित हुनेहरुमा क्रमस अध्यक्षमा चिकित्सक मदन उप्रेती(डा), वरिष्ठ उपाध्यक्षमा अभियन्ता (इन्जीनियर) ठाकुर ढकाल, उपाध्यक्षमा बिना खड्का लामा, महासचिवमा डा लेखनाथ अधिकारी ,कोषाध्यक्षमा केशव बराल तथा उप कोषाध्यक्षमा हरि पुडासैनी बिजयी भएका छन् ।

यसैगरि कार्यकारी समितिको सदस्यमा प्रेम पौडेल, तोया पौडेल, गुणराज लुइँटेल, प्रज्ञान आचार्य तथा लक्ष्मी शर्मा निर्वाचित भएका छन् । यसैगरि संस्थाको लेखा बिभाग र आर्थिक पक्षलाई चुस्त र दुरुस्त राख्न लेखा समिति सदस्यहरुमा राजन अधिकारी तथा ग्रिष्म दाहाल निर्वाचित भएका छन् ।

अन्तिम समयमा निर्वाचन सुरु हुनु भन्दा एक घण्टा अगाडी मात्र सर्वसम्मतिमा पुग्न सफल भै निर्वाचन प्रकिया नै स्थगित अर्थात बिधुतिय प्रणालीको माध्यमबाट तयारी अवस्थामा रहेको बिदेशी प्रतिष्ठानलाई रोक्न आदेश दिनु परेको थियो । निर्वाचन जुन ७ –८ का दिन देखि मतदान हुने पूर्व सूचनालाई स्थगित गर्दै निर्वाचन समितिले बिजयी हुने उम्मेदवारहरुको नाम सार्वजनिक गरेका थिए ।

यसैगरि ११ सदस्यीय बोर्ड अफ ट्रस्टी(गुठी समिति)समेत गठन भएको छ । गुठीको सभापतिमा अरुण रुपाखेती निर्वाचित भएका छन् ।

बोर्ड अफ ट्रस्टी(गुठि समिति)का उम्मेदवारहरु निर्बिरोध निर्वाचित हुनेहरुमा सभापतिमा अरुण रुपाखेती,उप सभापतिमा टिका मैनाली तथा सचिवमा पुरुषोत्तम सुबेदी रहेका छन ।

गुठि सदस्यमा गोपाल रेग्मी, प्रेम संग्रौला, चिकित्सक गुणराज सुबेदी, परशुराम भण्डारी, तारानाथ पोखरेल तथा मेदिनी अधिकारी निर्वाचित भएका छन् ।

निर्वाचनलाई सम्पन्न गर्न अभिभारा लिने र अहोरात्र खट्ने निर्वाचन समितिको प्रमुखमा चिकित्सक श्याम कार्की, प्रा डा गोपी उप्रेती(बिद्या वारिधि) प्रभा देउजा भट्टराई, राजिब मैनाली तथा सबिना खनालले नतिजा सार्वजनिक गरेका थिए ।

निर्वाचन समितिका प्रमुख डा. श्याम कार्कीले सबै पदमा सर्वसम्मति भएकोमा खुशी व्यक्त गर्दै समितिलाई धन्यवाद दिए भने निर्वाचित हुने सबैलाई बधाई तथा शुभकामना दिएका छन् ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)सन् २०१९ मा मात्र स्थापना भएको हो । सन् २०१९ मा सप्ताह कार्यक्रम मार्फत २० लाख डलर सङ्कलन गरि त्यसको लगत्तै एक बर्ष भित्र केन्द्रले आफ्नै भवन किन्न सफल भएको हो ।

२० लाख डलर मध्ये १ लाख सप्ताह कार्यक्रममै नगद संकलन गर्न सफल भएको थियो भने १० लाख प्रतिबद्धता जाहेर गरेका थिए ।

स्मरण रहोस ,मुलुक बाहिर योजना थालनी गरेको १ बर्ष भित्रमै सामुदायिक केन्द्र खरिद गर्न १७ लाख डलर नगद हस्तान्तरण गरि आफ्नै भवन किन्न सफल यो सामुदायिक केन्द्र यत्रो लगानी गर्ने सम्भवत पहिलो हो ।

वि.सं.२०७८ जेठ २६ बुधवार १७:२१ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...