Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

मेरो प्यारो भ्यालेनटाईन !



purushotam-dhakal

तिमि मेरी हौ भने, भन्दिन म दुनियालाई
चिसो भर्खरै गयो, अलि अलि गर्मि छ यो मनलाई
त्यो फुलबुट्टे पछ्यौरी, माफ गर अचेलत सलवार पनि छोडिसक्यौ
तिम्रो निलो जिन्स धुलाउन मेरै गाउँको कुवामा होइन, शहरको धारोमा पनि होइन
म अचेल लौण्ड्रिको जागिरे, ‘मेरो काँधमा छ तिम्रो अन्दरुनी बस्त्र र जिन्सको रोजाइ’
म पागल, तिमि यतै आइछ्यौ, दौडे तिमीलाई भेट्न हतार(हतार आँखा भरि मन लिएर
तिमीलाई देखिन, यसो भनौ तिमीलाई भेटिन पनि, फर्किए दोबाटोमा, देखे ‘फुलबुट्टे पछ्यौरी’
म अलि अलि वतासे, मनको फुलबुट्टे पछ्यौरी कल्पेर, कल्पनाको उडान भर्दै, मोरी, तादिमा हाम्फाले
डुबेर होला तादिमा, म अलिअलि हतास छु, मान्छे कहिले उता कहिले यता, बतास छु
पत्र लेख्नु है, प्रश्नको उत्तर पनि खोजेको होइन, सधैसधै तिमिनै रोजेको पनि होइन
भनिदिनु प्रिय, के तिम्रो त्यो रोजाइको जिन्स धुलाई भ्यालेनटाईनको संदेश वा उपहार थियो र ?
आज बिहानै मेरो मनको फुलबुट्टे पछ्यौरी मलाइ नभेटी हिडिछे, माग्न हिडेकी मगन्ते जस्तै सफेद र सुन्दर
तिमि मेरी हौ भने, भन्दिन म दुनियालाई, किन ? सफेद र सुन्दर बनेर सुटुक्क गयौ मेरो प्यारो भ्यालेनटाईन !

१३, फेब्रुवरी, २०१७


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।