२५ असार, काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ ।
लघुवित्तले प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागेको हो । लघुवित्तले आईपिओ निष्काशन गर्नका लागि बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।
सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।
वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।
वि.सं.२०७८ असार २५ शुक्रवार १६:५६ मा प्रकाशित





























