back
CTIZAN AD

नेपाली विधार्थी समाज जापान ‘नेसाज’ को अध्यक्ष बने अजय राना

वि.सं.२०७८ असार २८ सोमवार

987 

shares

२८ असार, जापान । नेपाली विधार्थी समाज जापानको १९ औ अधिवेशन अजय रानालाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै (भर्चुअल) जुममार्फत् सम्पन्न गरिएको अधिबेशनले अजय रानाको नेतृत्वमा गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा पवन श्रेष्ठ, महासचिव सन्जय कार्की, सचिवमा निरन्जन भण्डारी, सहसचिवमा ईश्वर थापा, कोषाध्यक्षमा सुनील ज्ञवाली र सहकोषाध्यक्षमा रिन्कु कार्की चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा नविना भण्डारी, मनोज अधिकारी, कृष्ण परियार, सुवर्ण भट्ट, शौरभ कार्की, अमित श्रेष्ठ, राजेन्द्र गिरी रोशन भट्टराई, हरि प्रसाद न्यौपाने, कृष्ण खनाल, विकाश न्यौपाने र सुवास लामिछाने चयन भएका छन् ।

No description available.

नेसाज २०१९-२०२१ का अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, एनआरएनए एसिया प्यासेफिकका संयोजक गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता नेसाजका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको उक्त पहिलो चरणको कार्यक्रमको संचालन महासचिव अजय रानाले गरेका थिए ।

नेसाजका वरिष्ठ उपाध्यक्ष एवम् अधिवेशन संयोजक प्रकाश भण्डारी क्षेत्रीको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा नेसाजका कोषाध्यक्ष विकाश अधिकारीले संस्थाको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रम अतिथिहरु, प्रमुख अथितिहरुको शुभकामना मन्तव्यपछि कार्यक्रमका अध्यक्ष कृष्ण भुसालले निर्वाचित पधादिकारीहरुको घोषणा पूर्व अध्यक्ष तेज प्रकाश गुरूङलाई जिम्मा लगाऊदै कार्यक्रमको समापन गरेका थिए ।

No description available.

पूर्वअध्यक्ष गुरुङले संस्थाको विधान अनुसार अजय रानाको अध्यक्षतामा २०२१–२०२३ को नया कार्यसमिति गठन गरेका हुन् ।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको हकहित ज्ञान सिपको समायोजन् गर्ने उद्धेश्यले १९९७ मा स्थापना भएको नेपाली विद्यार्थीहरुको गौरवशाली ईतिहास बोकेको संस्था नेसाज जापानको पुरानो संस्था मध्ये एक हो ।

वि.सं.२०७८ असार २८ सोमवार १६:२४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...