back
CTIZAN AD

दक्षिण कोरियाली राष्ट्रपति मूनप्रति जनविश्वास बढ्दो

वि.सं.२०७८ असार २८ सोमवार

723 

shares

२८ असार, सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ ।

मार्चपछि १८ हप्तामा उहाँप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ ।

राष्ट्रपति मूनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३।२ प्रतिशत अङ्कले घटेर ५४।९ प्रतिशतमा झरेको छ ।

मूनको डेमोक्रेटिक पार्टीप्रतिको समर्थन गत हप्ता ३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ । दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७.१ प्रतिशत समर्थन मिलेको छ । यो अघिल्लो हप्ताको तुलनामा ०.६ प्रतिशतले बढी हो ।

अर्को दल ओपन डेमोक्रेटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३.५ प्रतिशत समर्थन कायम भएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार १७:१२ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...