back
CTIZAN AD

पाटाले तीन महिने निःशुल्क ‘हस्पिटालिटी ट्रेनिङ’ दिने

वि.सं.२०७८ साउन १ शुक्रवार

1K 

shares

१ साउन, काठमाडौँ । अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धनमा सक्रिय प्यासिफीक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले हस्पिटालिटीलगायत विभिन्न विषयमा तालीम दिने भएको छ ।

सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय वा संस्थामा आबद्ध असीमित प्रयोगकर्ता तथा सरोकारवालाले प्रयोग गर्न मिल्ने गरी पाटाले निःशुल्क तीन महिनाको ‘टिप्सी’ अनलाइन लर्निङ प्लेटफर्म प्रिमियम पहुँचको साथ प्रदान गर्ने तालीम अभियान शुरु गरेको हो । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडाल र टिप्सीका एशिया प्याशिफिक क्षेत्रीय निर्देशक टोनीबोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले जुलाई १२ तारिख २०२१ मा ‘हस्पिटालिटी ट्रेनिङ– द रोड टु रिकभरी एण्ड बियोण्ड’ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिप्सी एक विश्वका सर्वश्रेष्ठ पर्यटन एवं हस्पिटालिटी प्रोफेशनल र विश्व–विख्यात प्रशिक्षकद्वारा निर्मित पाठ्यक्रमसहित पर्यटन र हस्पिटालिटी उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने एक विशिष्ट प्लेटफर्म हो । उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाककला, होटल र सेवासँग सम्बन्धित एक हजारबढी अनलाइन पाठमा असिमित पहुँच प्रदान गरिरहेको छ ।

नेटफ्लिक्स शैलीमा निर्माण गरिएको टिप्सी लाइब्रेरीले पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा आबद्ध तथा इच्छुक प्रोफेशनललाई सीप विकास गर्न, दक्षता निर्माण गर्न, आत्मविश्वास बढाउन र आफ्नो प्रोफेशनल अभिरुचि खोज एवं अभिवृद्धि गर्न प्रोत्साहित गर्नेगरी डिजाइन गरिएको छ । टिप्सीमार्फत शिक्षार्थीले उनीहरूको पाठ र पाठ्यक्रममा तत्काल पहुँच प्राप्त गर्न सक्दछन् जसमा डाउनलोड गर्न मिल्ने सामग्रीहरू, हिज्जे र विश्वव्यापीरूपमा ‘द इन्ष्टिच्यूट अफ हस्पिट्यालिटी’ द्वारा अनुमोदित तथा स्वीकृत सर्टिफिकेट प्राप्त गर्दछन ।

पाटा नेपालका कोषाध्यक्ष खेम लकाइले नेपालको पर्यटनमा मानव संशाधन विकास तथा पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउने उद्देश्यले टिप्सीसँगको सहकार्य पहल गरिएको बताए । उनले आत्मनिर्देशित शिक्षण विधिमार्फत माइक्रोलर्निङले नयाँ पुस्तालाई सशक्तिकरण गरिरहेको परिवेशमा अहिलेको समय पर्यटन पुनःसञ्चालन गर्न आवश्यक ज्ञान, शीप, क्षमता, तत्परता एवं तयारीलाई सुदृढ पार्न केन्द्रित हुने बेला भएको बताउँदै टिप्सीसँगको सहकार्यले नेपालमा द्रुत, सशक्त र जिम्मेवाररुपमा पर्यटन पुनरुत्थानको अभियानलाई सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
–––
५८– कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकम बढ्यो

काठमाडौँ, १ साउन,(रासस) ः निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोवार रकममा वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा रु एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकामा वैशाखमा रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोवार भएको थियो ।

इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा रु १० अर्ब ८० करोड बराबरको कारोवार भएकामा जेठमा रु ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड बढीको कारोवार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा रु ५३ अर्ब १६ करोड बराबरको कारोवार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत रु चार अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार ०९:५२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...