back
CTIZAN AD

गजल

वि.सं.२०७८ साउन २ शनिवार

1.1K 

shares

थाप्लोमा सदा बरियो नाम्लो, पिठ्युँमा डोको छ
पाएन अन्न खाएन टन्न, पेट अझै भोको छ

सिजनभरि गधानै सरि, घोटिन्छु काममा
हत्केलाभरि दुःखको चिनो श्रमको फोको छ

खोरिया बारी वारि र पारी, पसिना बगाई
फलाई अन्न जहान पाल्ने, रहरको धोको छ

सर्वस्व कहाँ देखिन्छ साहेब !, अश्रुको ढिकामा
बाहिरी रुप हाँसेता पनि मौनता रोको छ

पीडाको मलम लिएर आऊ आफन्ती भएमा
हृदयभरि उटुसमुटुस पीडाको पोको छ

लय : झ्याउरे

वि.सं.२०७८ साउन २ शनिवार ०७:०४ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...