back
CTIZAN AD

तनहुँको अकला मन्दिरमा मूर्ति चोरी

वि.सं.२०७८ साउन ५ मंगलवार

705 

shares

५ साउन, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो । प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ । आज बिहान पुजारी मन्दिरमा दैनिक नित्य पूजाका लागि जाँदा मात्रै मन्दिरमा मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जानकारी दिए ।

घटनापश्चात प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए । लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्रहार भएको उनले बताए । उक्त कार्यमा संलग्न कोही शङ्कास्पद व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उहाँले सबैमा आग्रहसमेत गर्नुभएको छ । यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौँ रहेकाले केही जानकारी नपाएको बताए ।

वि.सं.२०७८ साउन ५ मंगलवार ०९:४८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...