साउन १०, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश दिन आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।
अदालतले दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । साथै निर्वाचन आयोगको निर्णयको सक्कल फाइल पनि झिकाउन महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।
आयोगको फैसलासँगै निर्वाचन आयोगलाई जसपा विवाद निरुपणमा फैसला सुनाउन बाटो खुल्ला भएको छ ।
आयोगले सोमबार दुवै पक्षलाई आफुँ पक्षका केन्द्रीय कार्यकारिणी सदस्यसहित उपस्थित हुन भनेको छ । आयोगले सदस्यहरुको ‘हेड काउन्ट’ पछि फैसला दिने तयारी गरेको छ ।
आयोगले ‘हेड काउन्ट’बाट फैसला सुनाउने निर्णय गरेसँगै उक्त निर्णयविरुद्व महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका थिए । उनले आयोगको उक्त निर्णय रोक्न माग गरेका थिए ।


सम्बन्धित समाचार
‘हेड काउन्ट’बाट निर्णय गर्ने भएपछि उपेन्द्र यादव पक्ष उत्साहित, जसपाका कुन नेता कता ? (सूचिसहित)
‘हेड काउण्ट’बाट निर्णय दिने भनेपछि उपेन्द्र यादवले लगे नेताहरुलाई रिसोर्टमा
वि.सं.२०७८ साउन १० आइतवार १७:२७ मा प्रकाशित






























