back
CTIZAN AD

एनआरएनए बेल्जियमको निर्वाचनमा बुथ कब्जा प्रकरणः केन्द्रले चाल्यो यस्तो कदम

वि.सं.२०७८ साउन १२ मंगलवार

789 

shares

२७ जुलाई, बेल्जियम । गैरआवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको निर्वाचनमा भएको बुथ कब्जाको घटनालाई लिएर आपत्ति जनाएको छ ।

जुलाई २५ मा बेल्जियमका विभिन्न क्षेत्र गरी ७ ठाउँमा भएको निर्वाचनमा आन्त्रोपेन क्षेत्रमा बुथ कब्जा र निर्वाचन आयुक्त लगायतमाथि कुटपिट भएको घटनालाई लिएर संघले उक्त घटना निन्दनिय भएको बताउँदै घटनामा संलग्न जो कोहीलाई पनि पन्जिकृत सदस्य समेत नरहने गरी कार्बाही गर्ने जनाएको छ ।

‘यस निन्दनीय घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । यो घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान भए पश्चात निजहरुलाई पन्जिकृत सदस्यता नरहने गरी कार्बाही गर्ने संघको प्रतिबद्धता रहेको जानकारी गराउँदछौं ।’ संघका प्रवक्ता डिबि क्षेत्रीद्धारा जुलाई २६ मा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले यस्ता प्रकारका घटनाले गैरआवासीय नेपाली संघको पहिचान र छवी धमिल्याउने प्रयास भएको बताउँदै संघको संजालालाई खलबल्याउने काम भएकोमा सबै गैरआवासीय नेपालीहरु एकजुट भएर यसप्रकारको घटनाको प्रतिकार गर्न समेत आह्वान गरेको छ ।

No description available.

 

एनआरएनए बेल्जियमको निर्वाचनमा बुथ कब्जा, निर्वाचन आयुक्त लगायतमाथि नै कुटपिट

वि.सं.२०७८ साउन १२ मंगलवार १३:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...