back
CTIZAN AD

मगर संघ अमेरिकाको ८ औं महाधिवेशन ३१ जुलाईमा

वि.सं.२०७८ साउन १६ शनिवार

711 

shares

मगर संघ अमेरिकाको ८ औं महाधिबेशन जुलाई ३१ म हुने भएको छ । ८ औं महाधिबेशन न्यूजर्सी राज्यको सेवेल सहरमा आयोजना हुन लागेको हो ।

सन् २००४ मा स्थापित संघले १७ वर्ष पूरा गरेको अवसरमा महाधिवेशनको उद्घाटनसत्रमा ‘याँभू’ मुखपत्रको दोश्रो अंकको प्रिन्ट र डिजिटल एप्स् संस्करण एकैसाथ प्रकाशन गर्ने बताइएको छ ।

याँभूको प्रमुख सम्पादक नेपालिजम डट कमका प्रधान सम्पादक प्रदीप परियार थापा रहेकाछन् । संघले यसअघि पनि संघको स्थापना कालदेखिको दश वर्षलाई समेटेर ‘मगर संघ अमेरिका स्मारिका–२०१४’ र सन् २०११ मा याँभूको पहिलो अंक प्रकाशन गरि सकेकोछ ।

मगर संघ अमेरिकाको हाल ५ राज्यहरु न्यूयोर्क, न्यूजर्सी, डिएमभि (डिसी/मेरील्याण्ड/भर्जिनिया), टेक्सास र सिकागो राज्यमा च्याप्टरहरु गठन भइसकेका छन् भने थप १० राज्यहरुमा सदस्यता वितरण गर्न सफल भएकोछ ।

स्थापनाकालदेखि हालसम्म संघले ६ जना अध्यक्षहरूको नेतृत्व पाएकोछ । जसमा संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी मगर (२००४-२००६), निलम थापा मगर (कार्यबाहक अध्यक्ष २००६-२००८), लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर (२००८-२०१२), क्या. दलबहादुर रोका मगर (२०१२-२०१५), रुद्र थापा आले मगर (२०१५-२०१८) र कुलदिप राना मगर (२०१८-२०२१) रहेका छन् ।

 

 

वि.सं.२०७८ साउन १६ शनिवार ०९:५३ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...