१६ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिवार ८ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा शनिवार कास्कीका ४ जना, नवलपरासीपूर्वका २ जना तथा पर्वत र स्याङजाका १/१ र जनासहित ८ जनाको मृत्यु भएको हो ।
शनिवार थपिएका ८ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १०९६ पुगेको छ ।
।
त्यस्तै प्रदेशमा आज गोरखामा ५७, लमजुङमा २, तनहुँमा १०७, कास्कीमा २५५, वाग्लुङमा ८, स्याङजामा ३६ र नवलपरासीपूर्वमा ५४ जना गरी ५१९ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २६१ जना महिला र २५८ जना पुरुष रहेका छन् ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार शनिवार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा २५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
शनिवार थपिएका ५१९ जनासँगै प्रदेशमा हालसम्म ६७ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६१ हजार ६४८ जना निको भइसकेका छन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ४९५८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४६३२ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा आज पाँच कोरोना संक्रमितको मृत्यु, ४६७ संक्रमित
वि.सं.२०७८ साउन १६ शनिवार १७:४२ मा प्रकाशित






























