१६ साउन, काठमाडौं । नेपालमा आज ३,१०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,२६३ पिसीआर र ४,२६५ ऐन्टिजेन गरी १३,५१९ वटा नमुना परीक्षणमा ३,१०६ जना संक्रमित थपिएका हुन् । शुक्रवारको तुलनामा संक्रमित हुनेको संख्या केही कमी भएको छ ।
काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ गरी उपत्यकामा आज उपत्यकामा ७७५ नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा श्ुक्रवारको तुलनामा संक्रमित हुनेको संख्या केही घटेको पाइएको छ ।
नेपालमा हालसम्म ३६ लाख ३ हजार ४६५ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३ लाख १८ हजार ३६७ गरी ४१ लाख १८ हजार ३५ नमुना परीक्षणमा हालसम्म ७ लाख ५६ हजार ७३९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १,९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १९१६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,८५७ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म ३१ हजार ३४६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २८ हजार २४५ जना होम आइसोलेशन र ३,१०१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
त्यस्तै हाल देशैभरीका विभिन्न अस्पतालमा ७०६ जना आइसीयु र १६६ जना भेन्टिलेटरमा रहेका छन् । शुक्रवारको तुलनामा आज भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्यामा केही वृद्दि भएको छ ।
वि.सं.२०७८ साउन १६ शनिवार १७:१० मा प्रकाशित






























