साउन १७, काठमाडौं । सरकार गठन भएको तीन साता नपुग्दै सत्तारुढ गठबन्धनभित्र खटपट देखिन थालेको छ । सरकार सञ्चालनका विषयमा गठबन्धनभित्र समझदारी नहुँदा खटपट देखिएको हो । सत्तासाझेदार दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको शैली एकलौटी खालको भएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
मन्त्रिपरिषदले पुर्णंता नपाएको अवस्थामा भएका केहि नियुक्तीप्रति सत्ता साझेदार दलहरु सन्तुष्ट छैनन् । यसअघि गठबन्धनको बैठकमा पनि सत्ता साझेदार दलहरुले नियुक्तीका विषयमा मुख नै खोलेर आपत्ति जनाएका थिए ।
भटाभट नियुक्ती गराउन तिर देउवा
देउवाले सत्ता साझेदार दलहरुसँग सामान्य छलफल पनि नगरि स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई ल्याएका थिए । स्वंय उनकै पार्टीभित्र पनि सामान्य छलफल नगरिएको नियुक्तिप्रति अहिले पनि विरोध छ ।
श्रेष्ठको नियुक्तीको विषयमा विरोध भईरहेका बेला देउवाले पुनः योजना आयोगमा पनि दलहरुबीच छलफल नै नगरि नियुक्ति गरेका छन् । गत साउन १४ मा बसेको मन्त्रिपरिषद बैठकबाट उनले आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गराएका थिए ।
दलहरुबीच केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्तीबारे छानबिन गर्ने तयारी चलिरहेको देउवाले मनमौजी नियुक्ती गर्दा सत्ता साझेदार अलमल परेका छन् । जसपाका एक नेताले देउवाको व्यवहारप्रति सशंय पैदा भएको बताए ।
वि.सं.२०७८ साउन १७ आइतवार १७:१३ मा प्रकाशित






























