back
CTIZAN AD

गण्डकी प्रदेशमा थपिए ३३२ कोरोना संक्रमित, ३ जनाको मृत्यु

वि.सं.२०७८ साउन १७ आइतवार

594 

shares

१७ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आइतवार थप ३ जनाको मृत्यु भएको छ । प्रदेशको कास्कीमा २ गोरखामा १ गरी तीनजनाको मृत्यु भएको हो । आइतवार थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १०९९ पुगेको छ ।

त्यस्तै प्रदेशमा आज मुस्ताङमा १, म्याग्दीमा ११, पर्बतमा १९, गोरखामा ३६, लमजुङमा १४, तनहुँमा ५ कास्कीमा १३८, वाग्लुङमा ९३, स्याङजामा ४ र नवलपरासीपूर्वमा ११ जना गरी ३३२ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १५९ जना महिला र १७३ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार आइतवार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा १३८ जना नयाँ संक्रमित थपिएका हुन् । यो संख्या शनिवारको तुलनामा कम हो । साथै आइतवार १३६ जना निको भएका छन् ।

तवार थपिएका ३३२ जनासँगै प्रदेशमा हालसम्म ६८ हजार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६१ हजार ७८४ जना निको भइसकेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ५,१५१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४,८४८ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

वि.सं.२०७८ साउन १७ आइतवार १७:१७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...