Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

अन्माद्वारा विद्यालयलाई ६० थान कम्प्युटर सहयोग प्रदान



ljBfnonfO{ sDKo’6/nufotsf ;fdu|L x:tfGt/0f ;Kt/L, !& ;fpg M bIf hgzlQm pTkfbgdf ;xof]u k’¥ofpg] p2]Zon] …l86«f]O6 Dof/fy’g @)@) / Pzf]l;P;g ckm g]lKnOh ld8j]:6 cd]l/sfÚ -cGdf_n] ;Kt/Lsf] ltnf7L sf]Onf8L ufpFkflnsf–$ sf]Onf8Ll:yt /fh]Gb| b]jsL dfWolds ljBfnonfO{ sDKo’6/, lk|G6/ / k|f]h]S6/ x:tfGt/0f ub}{ cGdfsf k|ltlglw . tl:j/ M gfgLd}of s6jfn÷/f;;

१७ साउन, सप्तरी । दक्षजनशक्ति उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एशोसिएशन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरेको छ ।
अन्माले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्रदेवकी माध्यमिक विद्यालय तथा सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई २०/२० थान कम्प्युटर, १/१ थान प्रिन्टर र प्रोजेक्टर प्रदान गरेको हो ।

विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पुर्याइ दक्षजनशक्ति उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले तीनवटै विद्यालयमा उक्त सामग्री हस्तान्तरण गर्दै कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।

हाल अमेरिका बस्दै आउनुभएका तेह्रथुमका डा ओमप्रसाद दहालले शुरु गरेका अन्माको सहकार्यमा विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीसहितका व्यक्तिको सहयोगमा विद्यालयलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको अन्माका प्रतिनिधि कुन्दन शर्मा मिश्रले जानकारी दिए ।

तिलाठी कोइलाडीस्थित विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधि मिश्रले संयुक्त रूपमा कम्प्युटर ल्याबको उद्घाटन गरे। कम्प्युटर ल्याबको स्थापनाले सूचना प्रविधिमा विद्यार्थीको पहुँच पुग्ने अध्यक्ष सिंहले बताए ।

कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधि ई सुरेन्द्रकुमार साह, नेत्रप्रसाद गुरागाई, विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अन्माका प्रतिनिधिलाई विद्यालयले सम्मान प्रदान गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय