back
CTIZAN AD

रोजगारीका लागि अमेरिका पुगेका एक नेपाली युवकको मृत्यु

वि.सं.२०७८ साउन १७ आइतवार

573 

shares

१७ साउन, पर्वत । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवकको मृत्यु भएको छ ।

फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।

विगत पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनका मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए ।

उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्द्रले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए ।

वि.सं.२०७८ साउन १७ आइतवार १६:५७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...