back
CTIZAN AD

देशैभरी थपिए २५६८ कोरोना संक्रमित, १८ जनाको मृत्यु

वि.सं.२०७८ साउन १७ आइतवार

573 

shares

१७ साउन, काठमाडौं । नेपालमा आज २५६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८४०२ पिसीआर र ४,२३४ ऐन्टिजेन गरी १२,६३६ वटा नमुना परीक्षणमा २५६८ जना संक्रमित थपिएका हुन् । शनिवारको तुलनामा संक्रमित हुनेको संख्या झण्डै ६ सयले कमी हो ।

काठमाडौंमा ५९४ ललितपुरमा १६६ र भक्तपुरमा ९१ गरी उपत्यकामा आज उपत्यकामा ८०६ नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म ३६ लाख ११ हजार ८६७ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३ लाख २२ हजार ६०१ गरी ४१ लाख ३० हजार ६७१ नमुना परीक्षणमा हालसम्म ७ लाख ५९ हजार ३०७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी २०२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २०२०जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,८७५ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म ३१ हजार २९८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २८ हजार ६३ जना होम आइसोलेशन र ३,२३५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

त्यस्तै हाल देशैभरीका विभिन्न अस्पतालमा ६७७ जना आइसीयु र १६९ जना भेन्टिलेटरमा रहेका छन् ।

आज देशैभरी ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

 

 

वि.सं.२०७८ साउन १७ आइतवार १६:५६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...