back
CTIZAN AD

काममा लगाई दिने भन्दै यौन कार्यमा लगाउने दुई पक्राउ

वि.सं.२०७८ साउन १८ सोमवार

621 

shares

१८ साउन, कास्की । राम्रो काममा लगाईदिन्छु भन्दै महिलाहरुलाई ललाई फकाई प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनकार्यमा लगाउने दुई जना पक्राउ परेका छन् ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका–१२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१० घर भई सोही महानगरपालिका–१२ अमरसिंहचोक बस्ने ५३ वर्षीया सोनाम गुरुङ र सोही महानगरपालिका–२७ रिठ्ठेपानी घर भएका ३२ वर्षीय रोशन गुरुङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट पीडित महिलाहरुलाई मनोपरामर्श गरी प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

उनीहरु माथी मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १६:२७ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...