१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।
विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।
भेटमा नेपाली काग्रेसका सभापति समेत रहेका देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए । विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताए ।
प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए । उनले भने, ‘बैक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा जानकारी गराएका थियौँ । प्रधानमन्त्री जीले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुने गरी सहकारी बंैक खोल्नु आवश्यक रहेको आसय व्यक्त गर्नुभएको छ ।’
विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाब प्रधानमन्त्रीलाई दिएका थिए ।
विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेका थिए ।
नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बंैक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बंैक सञ्चालनमा आउनेछ । बंैक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।
वि.सं.२०७८ साउन १९ मंगलवार ०७:२७ मा प्रकाशित






























