back
CTIZAN AD

मेरो माइक्रोफाइनान्सले कमायो १४५ प्रतिशत बढी नाफा

वि.सं.२०७८ साउन १९ मंगलवार

537 

shares

१९ साउन, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १४५.५१ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४४ करोड ७२ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।

संस्थाले प्रकाशित गरेको गत असारमसान्तसम्मको वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सको अधिकांश सूचकमा सुधार देखिएको छ । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७२.४६ प्रतिशत, सञ्चालन आम्दानी ७८.३९ प्रतिशत र सञ्चालन नाफा १०२.५२ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ४४.७२ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.५१ रुपैयाँले बढी हो । अघिल्लो आवको असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर अम्दानी १८.२२ रुपैयाँ रहेको थियो ।

त्यस्तै, पीई रेसियो ३४.५७, प्रतिसेयर आम्दानी बढेर १६३.१२ रुपैयाँ पुगेको छ ।

विवरण अनुसार बिजेनसमा पनि संस्था आक्रामक देखिएको छ । समिक्षा अवधिमा संस्थाले निक्षेप सञ्कलन ५२.३५ प्रतिशत र कर्जा लगानी १३६.४० रुपैयाँले बढाएको छ । यससँगै संस्थाले एक वर्षमा २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ६४ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको छ । निक्षेपमा भन्दा कर्जामा आक्रामक देखिएको संस्थाको निष्क्रिय कर्जा घटेर ३.७८ मा सीमित भएको छ । जुन अघिल्लो आवमा ३.६५ रहेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा संस्थाको जगेडा कोषको रकम २०१.९७ प्रतिशतले बढेर ६३ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाको जगेडा कोषमा २० करोड ९० लाख रुपैयाँ रहेको थियो ।

वि.सं.२०७८ साउन १९ मंगलवार ०७:२९ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...