३ अगस्त, चीन । एनआरएनए चीनको अध्यक्षमा रोहित अग्रवाल निर्वाचित भएका छन् ।
झण्डै दुई दशकदेखि चीनको गोन्जावो सहरमा रहेर व्यवसायमा संलग्न रहेका अग्रवाल एनआरएनए चीनको कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष तथा संरक्षक रहेर अनुभव संगालेका उनी २०२१–०२३ का लागि एनआरएनए चीनको अध्यक्षमा निर्वाचित भएका हुन् ।
अग्रवालले १०९ मत प्राप्त गरेर विजयी हुँँदा उनका प्रतिश्प्रर्धी ओम ज्ञवालीले ६४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मल शर्मा चौलागाई र बिष्णु प्रसाद डुमरु, महासचिबवमा यादब अर्याल, महिला उपाध्यक्षमा सबिता बर्तौला, सचिबमा राजकुमार खरेल, विष्णुहरि भण्डारी, कोषाध्यमा बलराम तामाङ, सहकोषाध्यक्षमा रबिन्द्र कुमार माली र युवा संयोजकमा सुबर्ण श्रेष्ठ, महिला संयोजकमा पुन्यवति सुवेदी कोईराला तथा सदस्यहरुमा प्रदिप नेपाल, तुलसी न्यौपाने, प्रदिप सिंह, सुरज शर्मा, यादब दाहाल, प्रेम प्रसाद सुबेदी, नबराज तिमल्सिना, दिपक अग्रवाल र युबराज थापा विजयी भएका छन ।
त्यसैगरी संघको आईसिसि सदस्यमा प्रदिप न्यौपाने चयन भएका छन् ।

वि.सं.२०७८ साउन १९ मंगलवार १३:०४ मा प्रकाशित





























