back
CTIZAN AD

गुल्मी जिल्ला समाजले पठायो गुल्मीमा ३ लाख बढीको स्वास्थ्य सामाग्री

वि.सं.२०७८ साउन १९ मंगलवार

681 

shares

 ३ अगस्त, युके । गुल्मी जिल्ला समाज युकेले कोरोनाविरुद्ध लड्नका लागि ३ लाख रुपैयाँ बढीको स्वास्थ्य सामाग्री पठाएको छ ।

यसअघि पनि विभिन्न चरण गरेर १ करोड बढीको स्वास्थ्य सामग्री जिल्ला पठाइसकेको समाजले हालैमात्र ३ लाख २१ हजारको सर्जिकल समास्क तथा पिपीई सहयोग पठाएको हो ।

समाजले प्रत्येक नगरपालिकालाई २६ हजार ४ सय थान र गाउँपालिकाहरुलाई २२ हजारका दरले मास्क वितरण गरिएको समाजका संस्थापक अध्यक्ष ओम काउचा थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार जिल्ला अस्पताल गुल्मीलाई १७ हजार ६ सय, प्राथमिक स्वास्थ्य चौकीहरू, रिडी, श्रृङ्गा, जोहाङ र धुर्कोटमा ४ हजारको दरले मास्क र पीपीई एकमुष्ठ रुपमा पठाइएको हो ।

त्यसैगरी पत्रकार महासंघ गुल्मीलाई ४ हजार २ थान, रेसुड्गा बहुमुखी क्याम्पसलाई २२००, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीहरूका लागि २८,६०० वितरण गरिएको हो ।

उक्त सामग्रीहरु प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थितिमा सम्बन्धीत व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो ।

समाजका महासचिव वीर वलालको संयोजन, सल्लाहकार कोशलेश्वर ढकालको सहसंयोजन र सहकोषाध्यक्ष तारा भट्टराई र सदस्य राधा खरेलले उक्त अभियानमा सहयोग पुर्याएका थिए । साथै अभियानका सल्लाहकार फत्त थापाले आफू आवद्ध ‘होम इन्सटेड’ कम्पनीका तर्फबाट झण्डै ६५ हजार पाउन्ड पर्ने तीनलाख २१ हजार मास्क उपलब्ध गराएको बताइएको छ ।

समाजका अध्यक्ष टोप पल्लीका अनुसार सम्पूर्ण ढुवानी एयर कार्गो खर्च झण्डै ११ हजार पाउण्ड गुल्मी जिल्ला समाज युकेका सदस्यहरुबाट संकलन गरिएको जानकारी दिएका छन् ।

वि.सं.२०७८ साउन १९ मंगलवार १५:१३ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...