back
CTIZAN AD

एमालेकै नामबाट माधव पक्षले बोलाएको बैठकप्रति ओली पक्षको आपत्ति, सहभागी नहुन नेताहरुलाई अपिल

वि.सं.२०७८ साउन २१ बिहीवार

708 

shares

साउन २१, काठमाडौं । नेकपा (एमाले) नामबाट माधवकुमार नेपाल पक्षले केन्द्रीय समितिको बैठक आयोजना गरेकोप्रति पार्टी केपी शर्मा ओली पक्षले आपत्ति जनाएको छ । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै ओली पक्षले पार्टी केन्द्रीय कार्यालयले कुनै बैठक आयोजना नगरेको भन्दै बोलाइएको बैठक अनाधिकृत भएको बताएको छ ।

एमालेको नामबाट बेग्लै गतिविधि नगर्न पनि माधव पक्षलाई चेतावनी दिएको छ । ओली पक्षले माधव पक्षले आयोजना गरेको बैठक अनधिकृत भएको बताउँदै उक्त बैठकमा सहभागि नहुन पनि नेताहरुलाई अपिल गरेको छ ।

‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु, पटक–पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुलाई अपिल गर्दछु’, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

माधव पक्षले बिहीबार आफुँ पक्षको केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी एकता वा गठबन्धनसँग सहकार्य गर्ने भन्ने विषयमा अलमल देखिएको माधव पक्षले ठोस निर्णय लिन बैठक बोलाएको हो ।

ओली पक्षले भने माधव पक्षले बोलाएको बैठक पार्टी विभाजन गराउने उद्देश्यले बोलाएको आरोप लगाएको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार ०९:३१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...