back
CTIZAN AD

बागमती प्रदेशमा थप १४ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन २१ बिहीवार

705 

shares

२१ साउन, काठमाडौं । बागमती प्रदेशमा बुधवार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार भक्तपुरमा ७१ वर्षीय पुरुष र ७७ वर्षीय महिला गरी २ जना, चितवनमा ८३ र ५६ वर्षीय २ पुरुष, दोलखामा ७१ वर्षीय पुरुष र ८५ वर्षीया महिला, काठमाडौंमा ४४ र ५५ वर्षीय २ पुरुष, काभ्रेपलान्चोकमा ५६ वर्षीय पुरुष र ७१ वर्षीया महिला, ललितपुरमा ७० र ६० वर्षीय २ पुरुष तथा मकवानपुरकी २६ वर्षीया र रामेछापकी ६९ महिला गरी १४ जनाको मृत्यु भएको हो । प्रदेशमा मृत्यु हुनेको यो संख्या केही साता यताकै बढी हो ।

बुधवार थपिएका १४ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५ पुगेको छ ।

त्यस्तै बुधवार प्रदेशमा ८ हजार ८८३ नमुना परीक्षण गरिएकोमा १८८३ जना संक्रमित थपिएका छन् । बुधवार थपिएका १८८३ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या ३ लाख ८१ हजार ६४१ पुगेको छ भने कूल संक्रमित मध्ये निको हुनेको संख्या ३ लाख ६४ हजार ४५५ पुगेको छ ।

त्यस्तै हाल प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा उपचार गराउनेको संख्या ४४७ रहेको छ भने भेन्टिलेटरमा ९२ जनाको उपचार भइरहेको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार ०९:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...