back
CTIZAN AD

प्रधानमन्त्री देउवालाई बाम बुद्धिजीवी केसीको ५ बुँदे सुझाव

वि.सं.२०७८ साउन २१ बिहीवार

951 

shares

२१ साउन । बाम बुद्धिजीवी मोहनबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ५ बुँदे सुझाव दिएका छन् ।

देउवा नेपालको संविधान अनुसार प्रतिनिधिसभाका सवै स्वतन्त्र हैसियतका साँसदको भएको हुँदा सबै सासदको प्रतिनिधित्व हुने गरी सरकारले उल्लेखित ५ बुँदामा  विचार पु¥याउन सके सविधानको मर्म अनुसार काम भएको मान्न सकिने उनले बताएका हुन् ।

उनले विशेष गरी मन्त्री वा राजनीतिक पदमा नियुक्ति गर्दा यी पाँच बुँदामा ध्यान पु¥याउनु पर्ने बताएका छन् । दल वा विचार जस्ता सकिर्ण सीमामा नबाँधिएर योग्य क्षमतावान विज्ञलाई चयन गर्न, जुनसुकै कामको अरब भन्दा ठूलो रकमका ठेक्का पट्टा गर्नु पर्दा त्यसको अनुगमन प्रणाली मजवुत पार्न नीति वनाइ रोष्टरमा राखिएका सम्बन्धित विज्ञ मार्फत गर्ने गरी विज्ञ नियुक्त गर्ने लगायतको सुझाव सञ्जालमार्फत दिएका हुन् ।

यस्तो छ उनको सुझाव :
नेपालको सविधान अनुसार वर्तमान सरकार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको हैन । धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधिसभाका सवै स्वतन्त्र हैसियतका सासदको हो । सबै सासदको प्रतिनिधित्व हुने गरी व्यक्ति शेरबहादुर देउवाको सरकारले निम्न बमोजिक काम गर्दा सविधानको मर्म अनुसार काम भएको मान्न सकिन्छ ।

१) मन्त्री वा अन्य राजनैतिक पदमा नियुक्ति गर्न व्यक्ति छनौट गर्दा दल वा विचार जस्ता सकिर्ण सीमामा न बाँधिएर योग्य क्षमतावान निःस्वार्थ जनताको स्वार्थ नै आफनो ठान्ने विज्ञलाई चयन गर्ने ।

२) राजदूत नियुक्त गर्दा कुटनैतिक क्षमता भएका आर्थिक र राजनैतिक क्षेत्र आदिका विज्ञहरुको रोस्टर बनाइ सो रोष्टर भित्रकालाई नियुक्त गर्ने । यसो गर्न राष्टिय दलका १/१ जना पुर्व राजदुतहरु उपकुलपतिहरु परराष्ट सचिवहरु वाट ५ जना रहेको यक चयन तथा सिफारिस कमिटिको सिफारिसमा नियुक्त गर्ने ।

३) सामान्य प्रशासन मन्त्रालयका पुर्वसचिवहरु मध्य ४ जना राष्ट्रिय हैसियतका दलका प्रतिनिधिहरु तथा सार्वजनिक प्रशासन विज्ञ मध्य ४ जना र अन्य समेत १५ जनाको एक समिति गठन गर्ने । त्यस्लाई निजामति प्रशासन कसरी स्वच्छ निष्पक्ष जनमुखि र व्यावसायिक वनाउन सकिन्छ र कर्मचारिको सरुवा वढुवा विदेश भ्रमण आदि विषयका क्राइटेरिया भएको निर्देशिका बनाउन दिने । उक्त कमिटिका ३ जनाको छनौट कमिटिको सिफारिसमा सरकारले कार्य गर्ने ।

४) जलश्रोतको परिचालन गर्न तथा जुनसुकै कामको अरब भन्दा ठुलो रकमका ठेक्का पट्टा गर्नु पर्दा त्यसको अनुगमन प्रणाली मजवुत पार्न नीति वनाइ रोष्टरमा राखिएका सम्बन्धित विज्ञ मार्फत गर्ने गरी विज्ञ नियुक्त गर्ने ।

५) ठुला ठुला योजनाको फिजिविलिटि अध्यायन गरी छनौट गरी सभाव्यको रोष्टर वनाउने । योजना आयोगले योजना छान्दा गर्दा तिनै रोष्टर भित्रका वाट छान्ने ।

वि.सं.२०७८ साउन २१ बिहीवार ०९:४२ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...