back
CTIZAN AD

कविता: सेता बने बादल

वि.सं.२०७८ साउन २३ शनिवार

699 

shares

श्रष्टा लेखक कल्पना बगलमा आराधानामा बसिन्
भर्ने अक्कल बुद्धि सप्त ऋषिका आइ उषा पो पसिन्
सार्हा हार्दिकता अपार सुखका साहित्यका साधना
पाएकि सुबिधा सहेर दुबिधा बन्छिन मनोकामना
।।१।।
कस्ले जान्दछ प्रेमको खुड्किला चढ्ने तन्नेरी भनि
सोच्दा बैश छ साथमा अचम्मको पढ्ने जसरि पनि
आखिरमा अभिब्यक्त सिष्ट सुकिलो सद्भावनाको कला
पाए दिब्य कला रचे रसिक भै शान्ता उषा प्रान्जला
।।२।।
के लेख्छन मसिले उदार कविता काब्यार्चनाकि परी
बन्दा मौलिक मान्यता मधिमयी हरि रहे उषा किन्नरी
हुन्छन अङ्ग सबैब्तरङ्ग मनमा चाल्दै रमे मै पनि
शोभा जीवनको उदार गतिलो खुल्ला बन्यो रोशनी
।।३।।
क्वै आख्यान खुला रचुन प्रकृतिका सौन्दर्य होस झल्मल
सेवाका क्रममा सुरम्य सपना फल्छन सबै अल्मल
चन्डिका लाल नेत्रमा विनयका गाथा सबै भन्दछिन्
आज्ञामा कविका विचार सुकिला सस्थापना गर्दछिन् ।
।।४।।
क्यै आख्यान रचुन खुला प्रकृतिका छन्ब्प्रेममा सामिल
आकाँक्षा सुकिला सबै किसिमका प्रज्ञा गरुन हासिल
प्राचिन आर्य मुहारमा मिलनका सौन्दर्यका खामल
पस्कुन मोहन काब्यमा अतलका आदर्श छन श्यामल ।
।।५।।
के के छन बुझ कल्पना सरलता माधुर्यका मल्मल
राखेका मनमा उदार बिपना सन्तोष झन झल्मल
बन्छन दिप्त सदा बिभोर विनयी काब्यार्चनामा रत
निस्के प्राकृत मार्गमा उधुमका आदर्श ली नारद ।
।।६।।
आँखामा मधुमासका मिलनका उत्कर्ष देदिप्य छन्
भाखामा मनका अपार सुकिला उत्सर्गका वेग छन्
डाक्छन प्रेम गरि खुला किसिमले खोलि उषा आचल
निस्के यौवनका कला सब भला सेता बने बादल ।
।।७।।

छन्दः शार्दुलविकृडित

 

वि.सं.२०७८ साउन २३ शनिवार ०६:४६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...