लाग्छ अरे मनमा डर किन होला कुन्नि
छैन यार कसैको भर किन होला कुन्नि
प्रश्नको जबाफ दिनु सक्नु हुन्छ भन्ने
बन्द भयो अरे सहर किन होला कुन्नि
मुक्तक २
दुःख भए पनि बाहिर हाँस्ने मान्छे हुँ
हाँसी हाँसी नाता गाँस्ने मान्छे हुँ
गरिब छु थाहा छ सबैलाई साथी
फेसबुकमा फोटाहरु टाँस्ने मान्छे हुँ
मुक्तक ३
पाए पछि गाजा रक्सी खाई दिन सक्छु
पैसा भए फोनमा कल लाई दिन सक्छु
तिमीले भन मात्र के गर्नु पर्छ प्रकाशले
केटाहरु साथमा लिई आई दिन सक्छु
मुक्तक ४
छैन अरे कसैको भर चिन्ता लाग्या छ
मन मुटुमा हुन्छ डर चिन्ता लाग्या छ
पैसा कमाउन प्रदेश गएको छु साथी
छैन यहाँ आफ्नो घर चिन्ता लाग्या छ
मुक्तक ५
माया किन गर्छौ छोडी जाने भए
जोडिएको नाता तोडी जाने भए
के माया गर्नु पर्यो हामी गरिबले
सिसा जस्तै मुटु फोडी जाने भए
सुर्नया गाउँपालिका, मल्लि चाडि, बैतडी
वि.सं.२०७८ साउन २३ शनिवार ०६:४८ मा प्रकाशित






























