back
CTIZAN AD

लघुकथा: माटोको माया

वि.सं.२०७८ साउन २३ शनिवार

822 

shares

स्वाधिनताको गर्वमा फुलेको छाति बेलाबेला ढक ढक गथ्र्यो । वीरताको जोसिलो रगत जुरूक्क उम्लन्थ्यो । कल्पनाको छोर पुगेर दुनियाका खुट्टा हवाई उडानका साथ पुर्खाको बलशाली बेगले गौरव लाग्थ्यो ।

‘महान, वीर नेपाली !’

पामरहरूको सम्मेलन चलिरहेको थियो । उनीहरू गौरव गाथा बिक्रि गर्नका लागि हिप्पीहरूसँग खुसामत गरिरहेका थिए । एक पामरले भ्याटिकनको पुच्छर समातेर गोदान गर्दै सबाल गर्याे ।

‘सालिकबाट त आँसु झर्याे रे !’

‘स्वाँठहरू ! निर्जीव सालिकबाट पनि आँसु झर्छ ?’

पामरहरू चैं नाफा खोरीका लागि दलाली गरिरहेका थिए तर दर्शकहरू भने अत्तो थापेर कराए ।
‘मातृभूमिको रक्षा गर !’

दुखित मानिसका मनलाई धारिलो तरवार, चम्किलो खुकुरी, नाङ्ला जत्रो ढाल र कम्मर मन्तिर फिलाछेउ कोखामा बल्छो भिरेका पृथ्वीनारायणले हाँक दिएर बैह्रीहरूलाई भने ।

‘स्वतन्त्र मुलुकमा फिरङ्गीले झगरा तगरा नगर !’

‘खिया लागेको तरवार चम्काएर तर्साउने को ?’

पामरहरूको हुइँया छुट्यो । स्याल,सिंह बनेर कराउन थाल्यो । पृथ्वीनारायणले युग सम्झे । युगका मान्छेका बेरितका स्वार्थी गनगनहरू पनि सुने र घोषणा गरे ।
‘अवतार परिवर्तन हुनेछ !’

पामरसँग मुलुक, जनता, स्वाभिमान, संस्कार, धर्म र परम्परा केही थिएन । जसरी हुन्छ ठुलो बङ्गाला, विकृत संस्कार, मन मौजी चरित्र प्रदर्शन गर्नु र बैह्रीको सेवामा निर्लिप्त हुनु नै परम कर्तव्य थियो । देश बेच्न नपाएको झोकमा उनीहरूले एकदिन पृथ्वीनारायणको सालिक ढालिदिए । छियाछिया समेत भयो । सालिक ढल्यो । मातृभूमिको ममता ढलेन । दुखित स्वरमा गोरखनाथलाई साक्षी राखेर उनले चिच्याए ।

‘दुखले आर्ज्याको मुलुक, कहिल्यै बेच्न दिने छैन !’

उनको प्राणसँग पाखा, पखेरू, पहरा र कन्दरा झ्याउँकिरीको स्वरहरू संलयित भएर गुन्जिरहेथ्यो ।

‘रगतले सिन्चेको माटोको माया !’

वि.सं.२०७८ साउन २३ शनिवार ०६:५२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...