back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ साउन २३ शनिवार

939 

shares

१.
मन भित्रको कालो भाव सुधारेर हेर्नु
अझ सके दिलको दैलो उघारेर हेर्नु
औँला ठड्याई अरुलाई दोष दिनु अघि,
आफैँलाई नै एकपटक निखारेर गर्नु ।
२.
झिम झिम त्यो परेली नपार्दिनु है
रहरहरु सामुन्ने ल्याई नझार्दिनु है
दुईटा मुटु पहिल्यै देखि म सँगै छन्
अर्को मुटु यता पट्टी नसार्दिनु है ।
३.
जंगल छैन काफल खाने दिन गएछन्
मकै भटमास भुटेर लाने दिन गएछन्
गाइबस्तु कहाँ पाउनु आजकल चराउन
चौतारी भन्दै शित्तल खाने दिन गएछन् ।
४.
नियतिले छल गरेर नलुटोस कहिल्यै पनि
समाएका यि हातहरु नछुटोस कहिल्यै पनि
यो जन्म मात्रै कहाँ हर जन्म सँगै हिड्ने मन छ
यति गहिरो प्रेम हाम्रो नटुटोस कहिल्यै पनि ।
५.
कोमल शुन्दर मुहारझैँ मुस्कान मन्द मन्द होस् ।
गुण पनि त्यसमा थपियोस् सारा बुलन्द होस् ।
यति भए देवलोकका अप्सरा,उर्वसी किन चुन्नु ?
नदेखेको स्वर्ग भन्दा यहि लोकमा आनन्द होस् ।

 

 

वि.सं.२०७८ साउन २३ शनिवार ०७:०० मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...