back
CTIZAN AD

कविता: संस्कार बाँचे तब देश बाँच्छ

वि.सं.२०७८ साउन २३ शनिवार

1.4K 

shares

आस्था भए त्यो मनमा सबैको
विश्वास ढल्दैन यहाँ कसैको
यो धर्म भन्ने जनमा हरायो
जो सर्वहारा अनि त्यो डरायो ।१।

हाम्रा विधाता जगमा छरेर
जोगाइ ल्याऊ समता भरेर ।
संस्कार बाँचे तब देश बाँच्छ
भाषा र भाषी जब श्वास फेर्छ ।२।

नेपाल हाम्रो सुखको छहारी
यो देश भित्रै चिउला उमारी ।
फालेर आऊ मनका वितृष्णा
जाग्दै समाऊ हितकार कृष्णा ।३।

धेरै छ आहा जलधार राम्रा
देखाइ आऊ उपहार हाम्रा ।
हेरेर आऊ न सुरम्य खानी
त्यसै गए खेर अमूल्य पानी ।४।

जागौँ जगाऔँ सबएक हामी
फुल्नेछ ताजा जब देश नामी ।
भूस्वर्ग यो देश कहाँ छ अन्त
खोजेर भेटिन्न अथाह ग्रन्थ ।५।

ए मित्र तिम्रो मनको जवानी
खोज्दै जुटाऊ हितकार छानी ।
पाखा र भित्ता हरिया बनाइ
खोजेर आऊ छहरा समाइ ।६।

यो देश हाम्रो भवमा चिनाऊ
जो भेष राम्रो जनमा लगाऊ ।
उठ्नेछ नेपाल सुगन्ध छर्दै
झुल्नेछ बाला लटरम्म फुल्दै ।७।

छन्द: इन्द्रवज्रा

 

 

 

वि.सं.२०७८ साउन २३ शनिवार ०७:०६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...