back
CTIZAN AD

कविता: संस्कार बाँचे तब देश बाँच्छ

वि.सं.२०७८ साउन २३ शनिवार

1.4K 

shares

आस्था भए त्यो मनमा सबैको
विश्वास ढल्दैन यहाँ कसैको
यो धर्म भन्ने जनमा हरायो
जो सर्वहारा अनि त्यो डरायो ।१।

हाम्रा विधाता जगमा छरेर
जोगाइ ल्याऊ समता भरेर ।
संस्कार बाँचे तब देश बाँच्छ
भाषा र भाषी जब श्वास फेर्छ ।२।

नेपाल हाम्रो सुखको छहारी
यो देश भित्रै चिउला उमारी ।
फालेर आऊ मनका वितृष्णा
जाग्दै समाऊ हितकार कृष्णा ।३।

धेरै छ आहा जलधार राम्रा
देखाइ आऊ उपहार हाम्रा ।
हेरेर आऊ न सुरम्य खानी
त्यसै गए खेर अमूल्य पानी ।४।

जागौँ जगाऔँ सबएक हामी
फुल्नेछ ताजा जब देश नामी ।
भूस्वर्ग यो देश कहाँ छ अन्त
खोजेर भेटिन्न अथाह ग्रन्थ ।५।

ए मित्र तिम्रो मनको जवानी
खोज्दै जुटाऊ हितकार छानी ।
पाखा र भित्ता हरिया बनाइ
खोजेर आऊ छहरा समाइ ।६।

यो देश हाम्रो भवमा चिनाऊ
जो भेष राम्रो जनमा लगाऊ ।
उठ्नेछ नेपाल सुगन्ध छर्दै
झुल्नेछ बाला लटरम्म फुल्दै ।७।

छन्द: इन्द्रवज्रा

 

 

 

वि.सं.२०७८ साउन २३ शनिवार ०७:०६ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...