back
CTIZAN AD

कविता: म यो विवशता पिउँछु आमा

वि.सं.२०७८ साउन २३ शनिवार

687 

shares

रणस्थलको घाइतेझैं,
गोधुली साझँमा
बस्तीभित्र पसेर,
वल्तिरपल्तिर फन्को मारेर
साहेव्,
मेरै झुपडीभित्र छिर्नु भयो ।

भत्किएको भित्तामा लगाएको
थोत्रा कपडाको छेकबार यताउता सारेर
पुर्ण चन्द्रझैं उघ्रिएर आँगनमा
खेलिरहेकी मुना,
पुरुष प्रजातिको उन्मादले,
सपनाको क्यानभासमा,
कुर्लदै बासेकोभाले नियालेर
साहेव्,
मलाई पटकपटक,
ओभानो बासको आबश्यकता
महसुस गराउनु भयो ।

भत्किएर टेको लगाइएका भित्ता,
फलेंटा नभएका झ्याल,
चुहिने छानो,
र मलाई,
पालैपालो हेरेर भन्नू भयो–
माइली !
यो रोगी बुढालाई उपचार गराऊ,
खर्च म बेहोर्ने छु !
मात्र मेरो एक बात मान !
नयाँ बास पन्ध्रदिनमै तयार हुन्छ,हुन्छ !

त्यो मञ्जरी,

त्यो कोपिला सामु पुगेर,
मेरा आँखाहरुले भने –
मलाई माफ गर छोरी !
मेरा आँसुले भने–
सुरु भयो अब तिम्रो पनि नियतिको खेल !
काँपेका अधरले भने–
मेरो कर्म अब तिमीलाई हस्तान्तरण गर्दैछु !

साहेब !
शरीर मर्काएर,
नोटको बिटो म तिर फाल्नु भयो ।

साहेब,
भोको ब्वाँसोलेझैं हेरेर भन्नुभयो–
वादी बस्तीमा,
सबैभन्दा सुन्दर घर तिम्रो हुनेछ !

फेरि म,
बाँच्ने र बचाउने चाहानामा,
एउटा हार महसुस गरें ।

साहेवलाई शिकार खाने मन भयो,
छोरा !
त्यो भाले काटिदेऊ !

साहेव् पिउदै र चपाउँदै ईसारा गरिरहनु भयो–
माइली !
जाऊ !
जाऊ ! छोरीलाई सम्झाऊ !

त्यो मञ्जरी,
त्यो कोपिला सामु पुगेर,
मेरा आँखाहरुले भने –
मलाई माफ गर छोरी !
मेरा आँसुले भने–
सुरु भयो अब तिम्रो पनि नियतिको खेल !
काँपेका अधरले भने–
मेरो कर्म अब तिमीलाई हस्तान्तरण गर्दैछु !

मुटुले मुटूलाई सुस्तरी साउती गर्यो–
आफ्नो कलेजोमा आरा चलाउन,
मैले आज स्वीकृति दिएँ ।
मुटूले उहीँ पारामा बोल्यो–
म तयार छु !
हो !
म सहन सक्छु !
तिमीसंगझैं,
मसंग पनि
रेटिने,
थिल्चिने सामर्थ्य छ आमा !
बिरामी बालाई एक चक्की औषधी दिलाउन
म यो विवशता पिउँछु आमा !

वि.सं.२०७८ साउन २३ शनिवार ०७:१३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...