back
CTIZAN AD

एनआरएनए युकेको अध्यक्षमा भारी मतसहित प्रेम गाहा मगरको प्यानल विजयी

वि.सं.२०७८ साउन २३ शनिवार

804 

shares

७ अगस्त, लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगरको पूरै प्यानल विजयी भएको छ ।

अनलाइन मतदानबाट भएको निर्वाचनमा गाहा मगरले अध्यक्षका अन्य दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचन समितिले शुक्रबार राती पत्रकार सम्मेलनमार्फत् जारी गरेको नतिजा अनुसार गाहामगरले ४,५७४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् भने श्रेष्ठले २,१९१ र प्रधानले २,१४८ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका अनुसार अध्यक्षसहित कार्यसमितिका सबै पदाधिकारीमा गाहामगरकै समूह विजयी भएको हो ।

त्यसैगरी उपाध्यक्षद्धयमा ४,१६९ मतसहित सुनिलबाबु खड्का ३,६६५ मतसहित गोविन्द खरेल विजयी भएका छन् । उनीहरुका प्रतिद्धन्द्धी पवन शर्माले २,३६४ र तेजेन्द्र रोकाले १,४३५ तथा अमन गौचनले ९२५ मत ल्याएका थिए ।  महिला उपाध्यक्षमा ३७४३ मतसहित शकुन्तला गुरुङ विजयी भएकी छन् । उनकी प्रतिद्धन्द्धी सरस्वती केसी २१५२ र प्रसुना कंडेलले २,४६९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेलले ४,४९५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नारायण कुँवरले २,७४८ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४,५९५ मत ल्याएर जित हासिल गरेका छन् भने उनका प्रतिद्धन्द्धी छबिलाल अर्यालले २९९ मत ल्याएका थिए ।

त्यसैगरी समितिको महासचिवमा खुशी लिम्बूले ३,७४७ मतसहित विजयी भएका छन् भने महासचिवका अर्का प्रत्यासी जीत रानाभाटले २,६३९ र डा मुकुन्द बांस्तोलाले २३२५ मत प्राप्त गरेका थिए । साथै सचिवहरुमा विष्णु चालिसे, ज्ञानेन्द्र आले, महिला सचिवमा नम्रता घले, कोषाध्यक्षमा विष्णु खरेल, सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भएका छन् ।

इंग्ल्याण्ड राज्यमा एलबीजेड
त्यस्तै एनआरएनए इंग्ल्यान्ड राज्य परिषद्मा ३,६२३ मतसहित एलबीजेड गुरुङ विजयी भएका छन् । उनका प्रतिद्धन्द्धीडा डा.मीन रानाभाटले ३,१४१ मत प्राप्त गरेका थिए । साथै परिषद्को उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।

स्कटल्याण्डमा काशिराम भण्डारी
स्कटल्यान्ड परिषद्मा ५२२ मतसहित काशिराम भण्डारी अध्यक्षमा विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी दिवाकर पाण्डेले २५० मत ल्याएर पछि परेका थिए । साथै परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा र सदस्यहरुमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो ।

यसअघि एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष रहेर काम गरेका नवनिर्वाचित अध्यक्ष गाहा मगरले संघमा आर्थिक पारदर्शीता र गोर्खा मुद्दालाई प्राथमिकता दिएर निर्वाचनमा होमिएका थिए । नेपालमा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी समेत रहेका गाहामगर सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । साथै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग समेत लिएका थिए ।

 

वि.सं.२०७८ साउन २३ शनिवार ०८:४३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...