back
CTIZAN AD

कथाः अठोट

वि.सं.२०७८ साउन २३ शनिवार

807 

shares

रेखा जग्गा सम्बन्धि कामको सिलसिलामा जिल्ला अदालतमा गएकी थिइन् । आफ्नो वकिल ठिक समयमा नआइपुगेको कारण समय बिताउन गाह्रो भएकोले अदालतमा यता उता डुल्दै थिइन् उनी । अचानक रेखाको नजर कैदी कक्षमा पुग्यो । त्यहाँ हातमा हथकडी लगाएर राखिएका धेरै कैदीहरु थिए तर रेखाको नजर एक अधबैसे महिलामा गएर टक्क रोकियो । झ्यालनेर दुब्ली काली झट्ट हेर्दा रोगी जस्ती देखिने महिला मैलो धोतीको सप्कोले आसुँ पुछ्दै सुक्क–सुक्क रुदै थिइन् । कोठा भित्र जाने अनुमति थिएन, त्यसैले रेखा त्यहि झ्याल छेउमा गएर महिलालाइ बोलाइन् ।

दिदी हजुरको नाम के हो ?

महिलाले भनिन–सुन्तली ।

यहाँ कुन गल्ति अपराध गरेर आउनुभएको अथवा ल्याइएको हो नि ?

सुन्तली दिदिलाई रेखाले बडो प्रेमपूर्वक सोधीन् ।

सुन्तलीले मुख घोप्टो पारेर भुइमा हेर्दै जवाफ फर्काइन्– मैले चोरी गरेकी थिए बहिनी ।

ओहो चोरी ? के चोरी गर्नु भएको थियो ? रेखाले आश्चर्यजनक शैलीमा सोधीन् ।

‘अन्नको बोरा चोरेको थिए’ सुन्तलीले छोटो जवाफ फर्काइन् । रेखाको जिज्ञासा झन् बढ्दै गयो अनि फेरि सोधिन्– ‘दिदी कति अन्न थियो त्यो बोरामा ?’ ‘दश किलो जति चामल र चार किलो जति पिठो थियो ।’ सुन्तलीले सुक्क सुक्क सिंगान पुछ्दै भनिन् ।

‘दिनभरी काम गरेको भएपनि त्यति अन्न किन्ने पैसा कमाउन सक्थेउ, फेरि चोरी किन गर्यौ ? चोर्नु नराम्रो आदत हो दिदी त्यति अन्न चोरी गर्दा हथकडी लगाएर अदालत आउनु पर्यो चोरी गर्नुको कारण के थियो दिदि ?’ रेखाले फेरि सोधीन् ।

श्रीमान बितिसक्नु भयो । उहाँ साहुको घरमा काम गर्नु हुन्थ्यो । एकदिन खेतमा पानी लगाउन जाँदा सर्पले टोक्यो उपचार गर्ने पैसा थिएन । साहुसँग माग्दा ‘अब तँ मरीस् भने मेरो ऋण कसले तिर्छ, तेरी स्वास्नी रोगी छ’ भनेर एक पैसा दिएनन । गाउँमा गुहार मागियो कसैले सहयोग गरेनन् अनि बित्नुभयो ।

सुन्तलीले सुक्क–सुक्क रुँदैरुँदै भनिन्–म केहि दिनदेखि बिरामी थिए । काम गर्न नसक्ने गरि थला परेकी थिए । घरमा स–साना छोराछोरी छन् । खानको लागि अन्नको एक दानासम्म थिएन । छोराछोरीको पेट भर्न म बल्ल–बल्ल उठेर भिख माग्न मन्दिरको छेउमा बसेको थिए । तर, मन्दिरमा पूजा गर्न आउने जतिले सिसाको बोतलभरी दूध फलफूल ल्याएर मूर्तिमाथि चढाए मलाई कसैले हेर्दा पनि हेरेनन् । एक पैसा कसैले दिएनन मूर्ति माथि बगाएको दूध अबिरमा मिसिएर रातो खोला झैँ बगिरहेको थियो अनि म भोकले मर्नै लागेको थिए । मन्दिरको नजिकै पसल रहेछ, एकजना व्यक्तिले त्यहि अन्नको बोरा किनेर ल्यायो र मन्दिरको गेटमा राख्यो र आफूभित्र दर्शन गर्न गयो । अलिपर एक बालक चिच्याई–चिच्याई रोएको देखे, अनि मैले घर छोडेर आएका स–साना छोराछोरी सम्झे उनीहरु पनि भोकले यसरि नै रोएका होलान् भन्ने लाग्यो । पापी पेटको लागि मैले दाँया बाँया सहि गलत केहि नसोचि त्यहि अन्नको बोरा समातेर घरतर्फ जादै थिए पुलिसले समात्यो र मलाइ नजिकको चौकीमा ल्यायो ।

सुन्तलीको कुरा सुनेर रेखाको आखाँ रसाए लामो स्वास फेरीन् र भनिन्–अनि हजुरको श्रीमान कहाँ हुनुहुन्छ ? चौकीमा छोराछोरी लिएर छुटाउन आउनु भएन ? श्रीमान बितिसक्नु भयो । उहाँ साहुको घरमा काम गर्नु हुन्थ्यो । एकदिन खेतमा पानी लगाउन जाँदा सर्पले टोक्यो उपचार गर्ने पैसा थिएन । साहुसँग माग्दा ‘अब तँ मरीस् भने मेरो ऋण कसले तिर्छ, तेरी स्वास्नी रोगी छ’ भनेर एक पैसा दिएनन । गाउँमा गुहार मागियो कसैले सहयोग गरेनन् अनि बित्नुभयो । छोरा छोरी चौकीमा आएर सबै कुरा भनेका थिए हामि गरिवको कुरा कस्ले सुन्थ्यो र बहिनी छोराछोरीको भोक मेटाउँछु भनेर चोरी गर्दा मलाई एक सालको सजाय तोकियो भन्दै सुन्तली जोडले रुन थालिन् ।

सुन्तलीलाइ सान्त्वना दिनको लागि रेखासंग कुनै सब्द थिएन । नरुनुस दिदी आफुलाई सम्हाल्नुस भनेर रेखा अदालतको बाहिर निस्कीन र बगैचाको कुर्चीमा थचक्क बसीन् । सुन्तलीको कथा सुनेर मनभरी अनेक प्रश्न खडा भए उनमा । देशको दरिद्रता र यिनी निरिह गरिवहरुको दुःख कष्ट हटाउने कुनै उपाय छैन ? एकै देशका जनता हामि सबैको खाने लगाउने समान अधिकार त हुनुपर्ने नियम कानुन सबैलाई बराबर हुनुपर्ने तर त्यस्तो छैन । भ्रष्टाचार गरेर रातारात अरबपति हुने, चोरी तस्करी गर्ने, कलिला मुनाजस्ता छोरी चेलीको बलात्कार गर्ने जस्ता असती पापी यहि समाजमा सम्मानित भएर हिडेका छन् । भोको पेटको लागि अन्न चोरी गर्दा सुन्तली जस्तालाई जेलको सजाय भएको छ ।

स–साना छोराछोरीलाइ एक्लै अलपत्र पारिदिएको छ नेपालको अन्धो कानुनले जो गरिव छ, असक्षम छ उसैलाई कानुन लाग्छ । हुने खाने धनी सम्पन्नसालीको लागि अलग नीति नियम र सिद्धान्त छ, धिक्कार छ नेपालको कानुन । जून सरकार आए पनि दुःखी गरिव मजदुरको अवस्था फेरीएन । राज्यले गरिवी निवारण गर्न सकेन । उसैमाथि बिश्वब्यापी रुपमा फैलिएको यो कोरोनाको सब भन्दा बढी असर गरिवलाइ नै परेको छ । कहिले आउने रैछ र गरिवको दिन ? सोच्दा सोदै रेखा अर्कै दुनियाँमा पुगिन् । जँहा विभेद रहित सभ्य समाज हुन्छ सरकार हुँदैन नेता हुदैनन् सबै जनताले रोजगार पाउँछन् । सबै जनताको, सबै कुराको बिमाको व्यवस्था गरिएको हुन्छ । बेरोजगारीलाई बेरोजगार भत्ता उपलब्ध गराइएको हुन्छ । रोगीलाई निःशुल्क उपचार गरिन्छ । जति पनि राज्यको स्रोतसाधन छन् समान हुन्छन्, त्यो दुनियाँको कल्पनामा डुबिरहेकी थिइन रेखा ।

अचनाक पछाडीबाट आवाज दिंदा झस्किन । ‘रेखा जी हजुर यहाँ पो बस्नु भएको रैछ कति पटक फोन गरे उठाउनु भएन अब फर्कन्छु भनेर हिड्दै थिए हजुरलाई देखे ।’ रेखाका वकिलले भने । ओहो पदम जी, माफ गर्नु होला, मैले फोनको रिंग बजेको सुनिन ल जाउँ जग्गाको मन्जुरी नाम सम्बन्धि काम सकौ भन्दै दुवै जना अदालत भित्र पसे । केहि समयमा सबै काम सकियो वकिललाइ फिस बुझाएर धन्यवाद दिंदै बिदा मागिन् । अदालतबाट फर्किनु अघि सुन्तलीलाइ भेटिन् रेखाले ।

उनका अबोध छोराछोरीको हेरचाह गर्ने बचन दिएर घर फर्कीन रेखा, सुन्तली अहिले खुसीका आसुँ पुछ्दै सन्तोषको सास फेरिन् ।

रेखा भने सुन्तलीका आखाँबाट खुसीका आसुँ बर्सिदा केहीबेर अघि आफुले देखेको साम्यवादी व्यवस्थाको सपना सम्झेर एक्लै मुसुक्क हाँसिन् । यी जिउंदै मरेका नेताले के ल्याउथे र बरै साम्यबादी व्यवस्था । दुःखी गरिव निमुखा जनताको खुन पसिना चुस्न पल्केका नामर्दहरु यस्तै के के भटभटाउंदै मूल गेटबाट बाहिर निस्किन् । बाटोभरि मनमा अनेक तर्क बितर्क खेलाउंदै घर पुगिन् । अनि अठोट गरिन्, सुन्तलीका मात्र होइन सुन्तलीजस्तै हजारौ लाखौ आमाका सन्तानलाइ आश्रय दिन पालन पोषण गर्न र शिक्षा दीक्षा दिनको लागि बालआश्रम खोल्ने र आश्रमको नाम ‘ह्याप्पी होम राख्ने ।

 

वि.सं.२०७८ साउन २३ शनिवार ०७:२२ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...