back
CTIZAN AD

कविता: वर्षा

वि.सं.२०७८ साउन २३ शनिवार

2.4K 

shares

वर्षातका विषयमा मत के भनौँ खै
धर्केर रुन्छ मन यो जल त्यो रुँदा झैँ
कालो बनेर नभ त्यो अब झर्छ झर्छ
वर्षातले हृदयमा अति घात गर्छ ।१।

बिर्सिन्छ भन्छ मनले तर बिर्सिँदैन
कुक्रुक्क एक झुपडी जल छेकिँदैन
साना अबोध बिचरा अति प्रश्न गर्छन्
वर्षातको छ घनघोर व्यथा सहन्छन् ।२।

निस्किन्छ आह ! कसरी जब बढ्छ ठन्डी
बल्दैन अग्नि घरमा न त तात्छ हण्डी
आटो थियो बगलमा अनि मास बोडी
वर्षात पस्छ घरमा सब लान्छ गोडी ।३।

वर्सौँ यही गति भयो जब बढ्छ बाढी
वर्षातले दिनदिनै घर खेत माडी
झुप्रो थियो बगरमा खरले चिनेको
वर्षातले लुटिदिँदा तटमा हिँडेको ।४।

छन्द: वसन्ततिलका

वि.सं.२०७८ साउन २३ शनिवार ०७:१६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...