back
CTIZAN AD

बाग्लङका लामो पुल विज्ञापन बोर्डका कारण कुरुप बन्ने खतरा

वि.सं.२०७८ साउन २३ शनिवार

576 

shares

२३ साउन, बलेवा । सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि बनेको पुल आफैँमा सुन्दर छ ।

पुलको पश्चिमतर्फ पर्ने शहीदपार्कले पर्यटकलाई लोभ्याउँछ । त्यही पार्कतर्फको भाग अव्यवस्थितरुपमा विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डका कारण कुरुप हुन थालेको देखिएको छ ।

पुल घुम्नका लागि आउने पर्यटक भने छेउछाउका जर्बजस्त राखिएका होर्डिङ बोर्डले गिज्याउने गरेको छ । “लामो पुलको राम्रो फोटो खिचौँ भनेको दायाँबायाँ साथी राखेको जस्तै विज्ञापनका बोर्डको फोटो आउँदो रहेछ”, पोखराबाट घुम्नका लागि बागलुङ आएका सुदीप पौडेल भन्छन्, “पुल र प्रकृति छेकिने गरेर किन बोर्ड राखेका होलान् रु”

विभिन्न देशमा अध्ययनका लागि विद्यार्थी पठाउने बागलुङका केही कन्सल्टेन्सीले पुलको छेउछाउमा होर्डिङ बोर्ड राखेका छन् । नगरका जुनसुकै सार्वजनिक स्थानमा बोर्ड राख्दा निश्चित राजस्व तिर्नुपर्ने व्यवस्था छ । विज्ञापन गर्ने कम्पनी वा फर्मले तिरेको करबाट नगरपालिकाले बोर्डको व्यवस्थापन गर्नुपर्ने हो तर बागलुङ नगरपालिकाले भने बोर्ड राखेको विषयमा आफूहरुलाई जानकारी नभएको बताएको छ ।

“रामरेखा सामुदायिक वनक्षेत्र पर्छ, वनकै जग्गा हो, वनले दिएको भए थाहा भएन”, बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले भने, “अव्यवस्थित र कानुनविपरित राखेको भए हटाउन लगाइने छ ।’’

रामरेखा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बोहराले केही कम्पनीले बोर्ड राख्नका लागि अनुरोध गरेको भएपनि कुनै प्रक्रिया भने पूरा नगरेको बताए । “राजस्व तिर्नुपर्छ वा सेवा शुल्क लिन पाइन्छ भन्ने विषयमा मलाई थाहा भएन, केही भाइहरुले बोर्ड राख्छौँ भनेका थिए ।”

व्यवस्थित नगरिएका बोर्डका कारण पुलमा आउने पर्यटक तस्बीर खिचाउन हिचकिचाउने गरेका छन् । पुलमा खिचिएको तस्वीरमा बोर्डको स्पष्ट चित्र आउने र निःशुल्क सामाजिक सञ्जालमार्फत विज्ञापन हुनेगरी बोर्ड राखिएको छ ।

बागलुङकै मुख्य प्रवेशद्वार मालढुङ्गा पनि अव्यवस्थित बोर्डका कारण कुरुप देखिने गरेको छ । व्यावसायिक प्रयोजनका लागि राखिएका अव्यवस्थित होर्डिङ बोर्डहरुले बागलुङ प्रवेशद्वारको शोभा नै घटाइदिएको छ । प्रवेशद्वारमै जिल्लाका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको चिनारी गराउनुपर्ने ठाउँमा अव्यवस्थित व्यावसायिक होर्डिङ बोर्ड मात्र टाँगिएका छन् ।

मदिराका होडिर्ङ बोर्डले बागलुङमा स्वागत गरिरहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए। “हाम्रो चिनारी यही हो रु मदिराको व्यापार रु”, उनले भने, “हामीले देखाउने र चिनाउने कुरा धेरै छन्, त्यसतर्फ कसैको ध्यान गएन ।” सन्देशमूलक बोर्डबाहेकका अन्य बोर्ड तथा ब्यानर हटाउनका लागि प्रक्रिया बढिरहेको बागलुङ नगरपालिकाले बताएको छ ।

वि.सं.२०७८ साउन २३ शनिवार १४:०२ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...