back
CTIZAN AD

महामारीको दोस्रो लहरमा महिला र बालबालिकामा बढी असर

वि.सं.२०७८ साउन २५ सोमवार

624 

shares

२५ साउन, बलेवा । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् ।

उनका श्रीमान दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन् । श्रीमानले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने बालबच्चालाई हेरिदिने कोही पनि भएनन् । उपाय केही नभएपछि उनले सङ्क्रमण नभएका छोराछोरीलाई राख्न बाध्य भइन् ।

होम आइसोलेशनमा बसेकी ती महिलाले आफै खाना पकाएर छोराछोरीलाई खुवाउँछिन् । ‘‘पाँच वर्षको छोरो अरुसँग बस्नै मानेन्, आठ वर्षकी छोरी पनि मसँगै छ’’, उनी भन्छिन् “आफूलाई सङ्क्रमण पुष्टि भएपछि गाउँलेले पनि सहयोग गरेनन् । घरमा अरु कोही नभएकाले बालबालिकालाई बाध्यतावस आफैँसँग राख्नपर्यो ।” एक साता अघि उनलाई सङ्क्रमण पुष्टि भए पनि त्यसयता सँगै बसेका बालबालिकाको जाँच गराइएको छैन् ।

ती महिलाका छोराछोरीलाई कोरोनाको जाँच गर्न बोलाइए पनि उनीहरू अहिलेसम्म आउन नसकेको अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद शर्मा बताए । परिवारका अन्य सदस्यसहित जैमिनी नगरपालिका–१ की अर्की एक महिला पनि कोरोना सङ्क्रमित छिन् । नगरपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बस्दै आएकी उनी, उनका वृद्धा सासू, चार वर्षकी छोरी र ११ वर्षका छोरा पनि सङ्क्रमित भएका हुन् तर श्रीमानको भने कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

पाँच जनाको परिवारमा चार सङ्क्रमित छन् । ती महिला र उनकी सासूलाई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि छ । आफूहरुको स्वास्थ्यमा समस्या भएका कारण केही होला की भनेर आफूसहित छोराछोरीलाई पनि आइसोलेशनमा राख्नु परेको उनको भनाइ छ । छोराछोरीमा कडा खालको लक्षण त छैन तर घरमा कोही नभएका कारण सबैजना अस्थायी कोभिड अस्पतालमा बसिरहेका छन् । ‘‘आमा वा हजुरआमासँग जस्तो परिवारका अरु सदस्यसँग कहाँ बस्न मान्छन् र छोराछोरी’’ उनले भनिन् ‘‘सँगै बसेका छौं, खाना अस्पतालले दिन्छ, अरु सुसार आफैँले गर्दै आएकी छु ।’’

कोरोना महामारीको पहिलो लहरभन्दा दोस्रो लहरमा महिला र बालबालिकालाई धेरै असर पारेको छ । आमा सङ्क्रमित हुँदा बालबालिकालाई आइसोलेशनको समय समय कटाउन निकै कठिन हुने गरेको छ । आमा सङ्क्रमित हुँदा बालबालिका पनि सङ्क्रमित हुने खतरा बढिरहेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।

‘‘महामारी कठिन समय हो, यो बेलामा सबैमा मानसिक असर पनि परेको हुन्छ’’ धौलागिरि अस्पतालका मानसिक रोग विषेशज्ञ डा धीरेन्द्र पौडेल भन्छन्, “बालबालिकाका लागि न अस्पतालका आइसोलेशनमा छुट्टै व्यवस्था गर्न सकिएको छ नत होम आइसोलेशनमा नै । त्यसैले बिरामीमा शारीरिकभन्दा पनि मानसिक समस्या बढी देखिन्छ ।”

वि.सं.२०७८ साउन २५ सोमवार १३:१२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...