back
CTIZAN AD

सडक सफा नगर्दा यातायातका साधन प्रयोग गर्नबाट वञ्चित

वि.सं.२०७८ साउन २५ सोमवार

546 

shares

२५ साउन, सिन्धुपाल्चोक । करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करिब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ ।

बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची नगरपालिकाका विभिन्न स्थानका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । वैकल्पिक रुपमा रहेको किउल, पाल्चोक, दुवाचौर र मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेको छ ।

हेलम्बु–२ का वसन्त रिमाल यो बाटो सञ्चालनमा आए खाद्य सामग्री ल्याउन सहज हुने बताउँछन् । बाढीले पुल बगाएपछि हेलम्बु तथा आमा ह्योल्मोका केही बस र ट्रक किउल, पाल्चोक र दुवाचौरमा रहेका छन् । बाटो सञ्चालनमा आए हेलम्बु, पाल्चोक, मेलम्ची , दुवाचौर, बाँसखर्क र बरुवा बस चल्ने छन् ।

मेलम्ची– ८ का स्थानीयवासी अरुण लामा स्थानीय सरकारले ध्यान नदिँदा बाटो सफा नभएको गुनासो गर्छन् । मेलम्ची– ७ को विचारीचौरमा ९०० मिटर र सेल्लेमा ५० मिटर बाटो हिलाम्मे रहेकाले मोटरसाइकलमा समेत यात्रा गर्न कठिन रहेको छ ।

हेलम्बु गाउँपालिका क्षेत्रमा ग्राबेल हालिसकेको र अब मेलम्ची नगरपालिकाले दुई ठाउँमा ग्राभेल हाले बस चल्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बाटो निमार्णका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिए। मेलम्ची– ७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले चार लाख नगरले बजेट विनियोजन गरेको र मङ्गलबारबाट काम शुरु हुने बताए ।
रासस

वि.सं.२०७८ साउन २५ सोमवार १३:५८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...