वलिवुड अभिनेत्री सिल्पा सेठठ्ी पनि यतिबेला विवादमा तानिएकी छन् । त्यसो त उनका श्रीमान राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा प्रहरी हिरासतमा छन् । यसमा सिल्पाको संलग्नता अहिलेसम्म नपाएको प्रहीले सिल्पालाई ठगीको आरोपमा भने सोधपुछ गर्नका लागि उनको घर पुगेको समाचार ऐजेन्सीले जनाएका छन् ।
सिल्पा र उनकी आमा सुनन्दाविरुद्ध लखनउमा ठगीको आरोपमा मुद्दा दायर भएपछि लखनउ प्रहरीको टोली मुम्बई पुगेको हो ।
सिल्पाका आमाछोरीमाथि ‘आयोसिस स्लिमिङ स्कीन सैलून’ र ‘स्पा वेलनेश सेन्टर’ को ब्रान्च खोल्ने नाममा उनीहरुको कम्पनीमा कार्यरत दुई कर्मचारीले करोडौं ठगि गरेको आरोप लागेको हो । पैसा लिएर सिल्पा र उनकी आमाले आफूहरुले भनेको प्रतिबद्धता पूरा नगरेको आरोप लागेको छ ।
उनीहरुविरुद्ध लखनउमा दुई मुद्दा दायर
सिल्पा र उनकी आमाविरुद्ध लखनउमा दुई मुद्दा दायर भएको छ । लखनउको विभूतिखण्ड प्रहरी स्टेशनमा प्रहरीमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहान र हरतगन्ज प्रहरी स्टेशनमा वीर सिंह नामक व्यक्तिले ठगीको केस दर्ता गराएका हुन् । दुवै केसको अनुसन्धानका क्रममा सिल्पा र उनकी आमाको संलग्नता रहेको पाइएको छ । उनीहरुलाई सोधपुछका लागि सूचना पठाइए पनि समयमा नपुगेपछि प्रहरी मुम्बई पुगेको बताइएको छ ।
ज्योत्सनाले पहिलो वर्ष जुनमा सिल्पाको कम्पनीले २ करोड बढी ठगी गरेको मुद्दा दायर गरेकी थिइन् । प्रहरीका अनुसार प्रमाण मिल्नासाथ उनीहरुलाई पक्राउ गरिनेछ ।
जुलाई १९ मा पक्राउ परेका शिल्पाका पति कुन्द्रा १० अगस्तसम्म न्यायिक हिरासतमा रहनेछन् । यस अवधिमका प्रहरीले कुन्द्राको उक्त अश्लिल काममा संलग्न रहेको आरोपमा ११ जनालाई गरिसकेको छ । कुन्द्राले प्रहरीले लगाएको उक्त आरोप निरन्तर गलत भएको बताउदै आएका छन् । प्रहरीले सिल्पालाई पनि क्राइम ब्रान्चको टिमले ६ घण्टा बढी सोधपुछ गरिएको बताइएको छ ।
यो पनि…..
सिल्पाका पतिका बारे नयाँ खुलासा, यसरी गरिन्थ्यो अश्लिल फिल्मको सुटिङ
अश्लिल फिल्म बनाएको अभियोगमा वलिवुड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान पक्राउ
वि.सं.२०७८ साउन २५ सोमवार १४:१३ मा प्रकाशित






























