back
CTIZAN AD

बारामा माछापालन फस्टाउँदै

वि.सं.२०७८ साउन २५ सोमवार

663 

shares

२५ साउन, कलैया । बारा कोल्हवी नगरपालिका वडा नं ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रिकटन खाने माछा उत्पादन गर्ने गरेका छन् ।

करिब तीनदशकदेखि सो गाउँमा विष्णुबहादुर थापाले ५, ६ वटा पोखरी सञ्चालन गरी राम्रो आम्दानी गर्ने गरेको देखेर गाउँका अरुले पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछा पाल्दै आए । पछि एक घर, एक पोखरी निर्माण गरी गाउँलेले माछा उत्पादन गर्न थालेपछि कृषि विकास कार्यालयले नै बोधवनलाई माछा गाउँको नामाकरण गरेको नेपाल माछा व्यवसायी सङ्घका पूर्व अध्यक्ष जङगबहादुर साहले जानकारी दिए ।

हाल सो गाउँका करिब ३०० घरपरिवारले करिब ६०० पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछापालन गर्दै आएका कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए । माछा उत्पादनसँगै गाउँको उन्नती र जीवनस्तरमा सुधार आएको सङ्घका पूर्व अध्यक्ष साहले जानकारी दिए ।

माछाको वर्षेभरिको आम्दानीबाट किसानले धान, गहुँ, मकैलगायत अन्य खाद्यान्न खरिद गरी जीवनयापन गर्ने गरेका छन् । बारामा करिब चार हजार ७०० परिवारले माछा पोखरीमा माछा व्यवसाय गर्दै जिल्लाभरीमा वर्षेनि करिब ५६ हजार मेट्रिकटन माछा उत्पादन हुने गरेकोमा उत्पादित माछा पोखरा, विराटनगर, काठमाडौँ, चितवनलगायतका ठाउँमा बिक्री वितरण गर्ने गेरेका छन् ।

वि.सं.२०७८ साउन २५ सोमवार १४:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...