साउन २५, काठमाडौं । सरकारले कुलमान घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी गरेको छ । सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठकमा कुलमानको नियुक्तीको विषय प्रमुख एजेण्डाका लागि राखिएको उर्जा मन्त्रालय स्रोतले बताएको छ ।
बताइएअनुसार हालका कार्यकारी प्रमुख हितेन्द्र देव शाक्यलाई सरुवा गरि घिसिङलाई प्राधिकरणको प्रमुखमा ल्याउने तयारी गरिएको हो ।
शाक्यले आफुँलाई सम्मानजनक अवसर दिए प्राधिकरणको नेतृत्वबाट बिदाई लिन तयार भएको कुरा सार्वजनिक रुपमै बताएका थिए । उनको इच्छाअनुसार नै उर्जा आयोगमा सरुवा गरि लैजाने तयारी गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
सत्तारुढ गठबन्धनभित्र कुलमानलाई पुनः ल्याउने विषयमा सहमति बनेको थियो । सोही सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा हालका कार्यकारी प्रमुखको सरुवा र कुलमानको नियुक्तीको प्रक्रिया अगाडि बढाइएको हो ।
कुलमान २०७७ भदौ २८ मा प्राधिकरणबाट बिदाई भएका थिए । उनले आफ्नो ४ वर्षे कार्यकालमा प्राधिकरणभित्र निकै उदाहरणीय कार्य गरेका थिए ।
वि.सं.२०७८ साउन २५ सोमवार १६:२८ मा प्रकाशित






























